बिहिबार , चैत्र ९, २०७९

हेटौंडा : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला इन्चार्ज र सह-इन्चार्जको टुंगो लगाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले इन्चार्ज-सहइन्चार्जको टुंगो लगाएको हो।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

आइतबार भएको नेकपाको कार्यविभाजन सँगै मकवानपुरमा भने श्रीमानले इन्चार्ज र श्रीमतीले जिल्ला अध्यक्षको भुमिका पाएका छन्। प्रतिनिधि सभा सदस्य समेत रहेका नेकपाका नेता विरोध खतिवडा जिल्ला इन्चार्ज भएका छन्। खतिवडा तत्कालीन नेकपा एमालेका जिल्ला इन्चार्ज समेत हुन्।

यस्तै यस अघि प्रदेश ३ कमिटीले टुङ्ग्याएको जिल्ला अध्यक्षमा खतिवडाकी श्रीमती मुनु सिग्देल जिल्ला अध्यक्ष तोकिएकी हुन्। प्रदेश ३ सभा सदस्य समेत रहेकी सिग्देल तत्कालीन नेकपा एमालेकी जिल्ला अध्यक्ष रहेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय