बुधबार , भाद्र १, २०७९

नेपाली राजनिती,

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

काठमाडौं, माघ ४ ।

सत्तारुढ गठबन्धन बीच स्थानीय चुनाव २०७९ सालको वैशाखमै गर्ने सहमति भएको छ । केहीबेर अघि बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकले यस्तो सहमति गरेको हो ।

सत्तारुढ माओवादी केन्द्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह खाली गरेर संसदीय निर्वाचनमा जानुपर्नै दवाव प्रधानमन्त्रीलाई दिएपनि अस्वीकार गरेपछि बैशाखमै स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटेको एक नेताले बताए । ती नेताका अनुसार संवैधानिक व्यवस्था अंगीकार गरेर अगाडि बढ्न सबै सहमती भएको छ ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पनि समयमै स्थानीय तहको निर्वाचन हुने बताउनु भयो । ‘संविधानले तोकिएकै समयमा स्थानीय निर्वाचन गरेर संघीयतालाई मजबुत गराउँदै स्थानीय सेवा प्रवाह गर्ने कुरामा हामी सचेत छौं । समयमै स्थानीय तहको निर्वाचन सम्पन्न हुन्छ,’ कार्कीले भन्नुभयो ।

माओवादी नेता देव गुरुङले बैठकमा राष्ट्रिसभाको निर्वाचन र स्थानीय तहको निर्वाचनबारे सैद्धान्तिक छलफलमात्रै भएको बताउनु भयो । ‘आज सैद्धान्तिक छलफल मात्रै भएको हो, संवैधानिक व्यवस्थाअनुसारै चुनाव गर्ने भन्नेछ।

तर, डेटलाइनबारे आज कुराकानी भएन,’ गुरुङले भन्नुभयो । गुरुङले कोभिडका कारण माधव नेपाल, उपेन्द्र यादवलगायतका शीर्ष नेता समेत अनुपस्थित भएकाले मितिबारे अर्को बैठक राखेर छलफल गरेपछि मन्त्रिपरिषदबाट निर्णय हुने बताउनु भयो । जनता टाइम्सबाट साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय