शुक्रबार , चैत्र १६, २०८०

नेपाली राजनिती,

काठमाडौं, ३ माघ ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले कोभि’ड प्रो’टोकल उल्लंख गरेकी छिन् । उनले आज आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रममा प्रोटो’कल उल्लंख गरेकी छिन् ।

मन्त्रालयको कार्य भार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले आज मध्यान्न पत्रकार सम्मेलनको आयोजना गरी प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रममा एक सय भन्दा बढि मानिस सहभागी भएको पाईएको छ ।

जबकी सरकारले कुनै पनि सभा तथा सम्मेलनमा २५ जनाभन्दा बढि भृदा हुन नपाउने व्यवस्था गरिएको छ । मन्त्री झाँक्रीले भने आफ्नो प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रममा निकै तामझाम गरेकी छिन् ।

गत असार अन्तिम साता प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले २२ असोजमा मात्र मन्त्रिपरिषद् विस्तार गरेका थिए । २२ असोजमा १६ मन्त्री र २ राज्यमन्त्री थपिँदा झाँक्री पनि सहरी विकासमन्त्री बनेकी थिइन् ।

उनले मन्त्रीको कार्यभार सम्हालेको सय दिन पुगेको अवसरमा विभिन्न महत्वपूर्ण कामहरु भएको भनेर विवरण सार्वजनिक भएको छ। तर, कतिपयले भने उनले बोल्ने काममात्रै गरेको र व्यवहारमा भने त्यस्तो नदेखिएको सुनाएका छन् । तस्बिर : रत्न श्रेष्ठ/रासस यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय