शुक्रबार , चैत्र १६, २०८०

नेपाली राजनिती,

काठमाडौं। धुर्मुश–सुन्तली फाउन्डेशनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

कलाकार सिताराम कट्टेल अध्यक्ष रहेको फाउण्डेशनले चितवनमा रंगशाला निर्माणका क्रममा भ्रष्टाचार गरेको भन्दै वेदप्रसाद भण्डारीले इमेल मार्फत फाउण्डेशन बि रुद्ध मु द्दा परेको हो ।

उक्त फाउण्डेशनले चितवनको भरतपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणारम्भ गरेको थियो । फाउण्डेशनले दातृ निकाय, विदेशमा रहेका नेपाली श्रमिक तथा सरकारकाबाट रकम उठाएर रंगशाला निर्माण गर्ने प्रयास गर्ने प्रयास गरेपनि निर्माण सम्पन्न गर्न सकेको थिएन ।

वेदप्रसाद भण्डारीले निर्माणा धीन रंग शालामा विभिन्न निकायबाट उठाइएको रकम बराबरको खर्च नगरिएकोले भ्रष्ट्राचार गरेको भन्दै उजुरी दिएका हुन् । हाल प्राप्त उजुरी अख्तियारमा दर्ता भइसकेको जनाइएको छ ।

अब अनुसन्धानसमेत तत्काल हुने अख्तियारले जनाएको छ । हालसम्म रंगशाला निर्माणको भौतिक प्रगति भने जम्मा १४ प्रतिशत मात्रै सम्पन्न भएको छ ।

तर उता फाउण्डेशनले भने हालसम्म रंगशाला निर्माणका लागि ५४ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको विवरण प्रस्तुत गरेको छ । डिपीआर तयार गर्दा रंगशालालको निर्माण खर्च करिब ३ अर्ब लागतमा निर्माण हुने अनुमान गरिएको थियो । यो खबर नेपालपानामा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय