शनिबार , बैसाख ८, २०८१

नेपाली राजनिती,

रौतहटमा नेकपा माओवादी केन्द्रबाट मात्रै नभई जनता समाज वादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जनप्रति निधिसमे एमाले रोज्न थालेका छन ।

पुष्प कमल दाहाल प्रचण्डको नेतृत्वमा नेपाली क्रान्ति र समृद्धि अभियान अघि बढन नसक्ने भन्दै प्रभु साहले नेकपा एकताको निरन्तरताका रूपमा एमाले रोजेसँगै रौतहटमा अन्य पार्टीबाट एमाले प्रवेश गर्नेहरुको लहर नै चलेको हो ।

यही क्रममा रौतहटमा निर्वा चित अधिकांश जनप्रतिनिधिले एमाले रोजि सकेका छन् । पछिल्लो समय जसपा र लोसपाका नेता कार्यकर्तासँग साहले संवाद बढाइरहेका बेला दोवाही गोनाही नगरपालिका १ का वडाध्यक्ष शेखर नुरुल्लाह आफ्नो सिंगो टीमसहित नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

तत्कालीन मधेशी जनअधिकार फोरमबाट निर्वाचित वडाध्यक्ष नुरुल्लाह हाल जसपामा हुनुहुन्थ्यो । सो क्षेत्रका लाृकप्रिय नेताका रुपमा परिचित नरुल्लाह शनिवार एमाले प्रवेश गर्नुभएको हो । उहाँलाई एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीमा स्वागत गर्नुभएको छ ।

मौलापुर नगरपालिका २ मर्यादापुरमा नवनिर्मित एकीकृत दलित बस्तीको उद्घाटन तथा घर हस्तान्तरण कार्यक्रममा साहसहित पुग्नुभएका नेताहरुले उहाँलाई स्वागत गर्नुभएको थियो । यो खबर साभार गरियको हो । साभार हाम्रो इकोनोमी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय