शुक्रबार , बैसाख ७, २०८१

नेपाली राजनिति,

काठमाडौं । चर्चित पत्रकार ऋषी धमलाले शाही शासनकालमा सञ्चारमन्त्री वन्ने दरबारको प्रश्ताव आफुले अस्विकार गरेको खुलासा गरेका छन् ।

पत्रकार धमलाले एउटा अन्तर्वार्ताका क्रममा दरवारबाट मन्त्री बन्ने प्रश्ताव आएको र आफुले ब्यक्तिगत स्वार्थमा नलाग्ने भन्दै उक्त प्रश्ताव अस्विकार गरेको वताएका छन् ।

‘मलाई, राजाको शासनमा मन्त्री वन्न अफर आएको थियो, मैले त्यतीखेर अस्विकार गरें’ उनले भनेका छन्–‘सञ्चारमन्त्री वन्ने अफर आएको थियो। ऋषी धमलाले त्यसरी वहस गथ्र्यो, रिपोर्टस क्लबमा। लोकतन्त्रको पक्षमा।’

‘कुनै पनि इस्युमा रिपोर्टस क्लबमा वोलिसकेपछि हप्तौंसम्म त्यस विषयमा वहस हुन्थ्यो’ भन्दै उनले त्यसैका कारण आफुलाई मन्त्री पदको अफर आएको वताए । ‘तर, मैले ब्यक्तिगत स्वार्थका लागि। मैले भने मन्त्री वन्न चाहान्न। दरवारबाट त्यस्तो अफर आएको थियो।’– उनले भने।

०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले प्रतिनिधिसभा विघटन गरी शाही सम्बोधनमार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएका थिए ।

शाह आफैंले नियुक्त गरेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरेका थिए। सोही क्रममा आफुलाई मन्त्री वन्ने अफर आएको धमलाको भनाई थियो।

दरबार हत्याकाण्डलगत्तै राजा बनेका ज्ञानेन्द्र शाहले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइनसमेत बन्द गराएका थिए।

शाही कदमपछि जनयुद्ध गरिरहेको तत्कालीन विद्रोही माओवादी र संसदवादी दलहरु एकजुट भई राजतन्त्रविरुद्ध आन्दोलनमा होमिएका थिए। अन्ततः ०६३ बैशाख ११ गते आफ्नै अर्को शाही घोषणाबाट उनी सत्ताच्यूत भए र नारायणहिटी छोडेर नागार्जुनमा वस्न थाले।

त्यो विषयमा प्रतिक्रिया दिने क्रममा धमलाले पुर्वराजा ज्ञानेन्द्र उदार भएकैले सजिलै नेपालमा लोकतान्त्रीक गणतन्त्र आएको दावी गरे । ‘मनमा के आउँछ भन्दाखेरी। हामीले परिवर्तन त गर्यौ, सिस्टम त ल्यार्यौ। गणतन्त्र त ल्यायौं, संघीय लोकतान्त्रीक गणतन्त्रमा हामी छौं।

तर, पूर्वराजा ज्ञानेन्द्र शाहले जसरी नारायणहिटी छोडेर वाहिरिनु भयो नी, सितिमिति हाम्रो देशमा चै मान्छे त्यसरी पावरबाट वाहिरिने मान्छे त वहाँ एक्लै रैछ जस्तो लाग्यो क्या मलाई’ उनले भने–‘त्यो चै ज्ञानेन्द्र शाहको राम्रो पक्ष हो। वहाँले सत्ता नछोडेको भए रक्तपात हुन्थ्यो देशमा।

धेरै मान्छेको ज्यान जान सक्थ्यो। तर, वहाँले ‘प्रजातन्त्रको मुल्य र मान्यतालाई आत्मसाथ गर्दै जनचाहना अनुसार म अगाडि वढ्छु’ भनेर वहाँले चै नारायणहिटी छोडेर वहाँ नागार्जुनमा गएर वस्नु भो नी। सवभन्दा ठुलो कुरा चै त्यो हो।’

ज्ञानेन्द्र समक्ष आफुले एउटा अन्तरवार्ताका लागि प्रस्ताव गरेको पनि उनले वताए । ‘वहाँले हुन्छ भन्नु भएको छ। कहिलेकाही कुराकानी हुन्छ। दरवारका मान्छेसँग त भेट भईहाल्छ।

किनकी म त पत्रकार हो, सवैसँग मैले कुराकानी गर्नुपर्छ’ उनले थपे–‘कहिलेकाहीँ देशको वारेमा, राजनीतिको वारेमा अहिलेको परिस्थितीको वारेमा वहाँको चिन्तन के छ रु वहाले नारायणहिटी छोडेर जाँदाखेरीको अवस्था र अहिलेको अवस्थामा के परिवर्तन भयो रु’

ब्यवस्था जुनसुकै आएपनि त्यो ब्यवस्थाले जनताको पक्षमा काम गर्न सक्नु पर्ने उनको धारणा छ। ‘हामीलाई ब्यवस्थाको कुरा गर्नु हुन्छ भने त जो सुकै आओस मतलव छैन क्या, तर त्यो ब्यक्तिले त्यो संस्था छ नी, आज हामी संघीय

लोकतान्त्रीक गणतन्त्रमा छौ। गणतन्त्र भनेको के हो तरु गणतन्त्रले सप्पै जनताको चाहना पुरा गर्यो त रु जनताको चाहना अनुसार काम गर्न अहिलेको नेतृत्व सफल भयो त रु वहस त सुरु भएको छ नी’– उनले भने।

नेतृत्वले सत्तामा पुगेपछि र पावरमा पुगेपछि जनचाहना अनुसार काम गर्न नसकेको उनको भनाई छ। दैनिक न्युज नेपालबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय