शुक्रबार , चैत्र १६, २०८०

नेपाली राजनिती,

काठमाडौँ- नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले तीन पार्टीका शिर्ष नेतामाथि व्यङ्ग्य गरेका छन् ।

दुई नेतालाई अहिले कोरोना लागेको र आगामी चुनावमा पनि आइसोलेशनमै राख्ने सन्देश कोरोनाले दिएको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि बस्नेतले व्यङ्ग्य कसेका हुन् ।

प्रेस चौतारी कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसलाई क्वारेन्टाइनमा राख्ने तर्क गरे ।

कमरेड प्रचण्ड र कमरेड माधव नेपाल कोरोना संक्रमणले अहिले आइसोलेशनमा हुनुहुन्छ । प्रधानमन्त्रीज्यू क्वारेन्टाइनमा हुनुहुन्छ,´ उनले थपे,यसपालिको को रोनाले के सन्देश दिएको छ भने आगामी चुनावमा प्रचण्ड र माधव नेपाललाई आइसोलेशनमा राख्ने । शेरबहादुर देउवाजीको पार्टीलाई क्वारेन्टाइनमा राख्ने र नेकपा एमालेलाई अगाडि बढाउने सन्देश दिन खोजेजस्तो देखिन्छ ।´

केपी ओली सरकारले खोप ल्याएर लगाएकै कारण पछिल्लो समय मृत्युदर कम भएको नेता बस्नेतले दाबी गरे । प्रदेश सरकार हुनु/नहुनुको कुनै अर्थ नै नदेखिएको उनले बताए ।

`हिजो केपी ओलीको सरकारले खोप ल्याएको, तपाईं हामीले ल्याएकै कारणले यो कोरोना भेरियन्टले ठूलो क्षति गर्न सकेको छैन । मृत्युदर धेरै कम छ । तर, अहिले बुस्टर डोज लगाउने विषयमा यो सरकारले किन नैरश्यता देखाइरहेको छ,´ उनले प्रश्न गरे ।

गठबन्धन सरकारले जनताले महसुस गर्ने गरि काम गर्न नसकेको उनले टिप्पणी गरे । `यो सरकारका कमजोरीबारे म धेरै भाषण गर्न सक्दिनँ । घन्टौं भाषण गरे पनि पुग्दैन । लिम्पियाधुरा, कालापानी हाम्रो भू-भाग हो भन्ने हिम्मत हामीसँग छैन । यो सरकार कहाँ छ भनेर जनताले भनिरहेका छन्,´ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय