बिहिबार , बैसाख १३, २०८१

नेपाली राजनिती,

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले पूर्वमन्त्री योगेश भट्टराईलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

तत्कालीन पर्यटनमन्त्री भट्टराईले विदेशबाट नेपाली नागरिकको उद्धारका लागि गरिएको प्लेन चार्टरका क्रममा तोकिएको भन्दा ४ गुण बढी भाडा लिएको आरोपसमेत मन्त्री आलेले लगाएका छन् ।

एक टिभी कार्यक्रममा बोल्दै मन्त्री आलेले उक्त विषयमा हाल छानबिन समितिले अध्यायन गरिरहेको बताउँदै उक्त प्रतिवेदन आएपछि दोषी देखिने कसैलाई नछोड्ने बताएका हुन् ।

उनले भनेको छन्, ‘जुन बेला देश कोरोनाले आक्रान्त बनेको थियो, त्यो बेला विदेशमा भएका नेपालीहरु हाम्रा श्रमजीवी मजदुरहरु आफ्नो देश फर्किने बेला पनि भट्टराईले चार्टर्ड फ्लाईटको हवाला दिए ।

सहसचिव सुरेश आचार्यको संयोजककत्वमा ४ सदस्यीय छानबिन समिति बनाएर विमान कसरी चार्टर्ड गर्ने, कसरी ट्राभल मेनेजमेन्ट गर्ने र भाडा कति लिने भन्नेबारे प्रतिवेदन तयार गरेर स्पष्ट पारेको तर भट्टराईले पेन्डिङमा राखेर सार्वजनिक नगरी लुकाएको यसअघिको प्रतिवेदनले जनाइसकेको छ।’

योगेश भट्टराईको कर्तुतबारे भट्टराईपछि मन्त्रालय सम्हाल्न आएका उमाशंकर अगरियाले गत असारमा बनाएको छानबिन समितिले निकालेको प्रतिवेदनले नै छर्लंग गरिसकेको मन्त्री आलेले बताएका छन् ।

‘भट्टराईपछि मन्त्रालयमा आएका उमाशंकर अगरियाले गत असारमा बनाएको छानबिन समितिले निकालेको प्रतिवेदनमा योगेश भट्टराईले भ्रष्टाचार गरेको निष्कर्ष निकालिएको छ ।

उक्त प्रतिवेदनमा खाडी मुलुकमा रहेका नेपालीलाई स्वदेश ल्याउँदा दोब्बर मात्रै नभइ चौबल भाडा समेत लिएको निष्कर्ष निकालिएको प्रमाण छ,’ मन्त्री आलेले भने ।

सो प्रतिवेदनले नै तत्कालीन मन्त्रीलाई कारवाही गर्न सिफारिस गरे पनि त्यसको सुनुवाइ नभएको उनले बताएका छन् । आफू मन्त्रालयमा आएपछि पुनः छानबिन समिति बनाएर अध्ययन गरिरेको उनले बताए । १० दिनको मिति राखेर प्रतिवेदन तयार गर्न निर्देशन दिएको उनको भनाइ छ ।

१० दिनभित्र आएको प्रतिवेदनपछि पत्रकार सम्मेलन गरेर योगेश भट्टराई नै दोषी भए पनि नछोड्ने उनले चेतावनी दिएका हुन् । उनले उक्त भ्रष्टाचारमा तत्कालीन उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक इश्वर पोखरेल नै दोषी भए पनि नछोड्ने चेतावनी दिए ।

मन्त्रालय मातहतको जो(कोहीले कमजोरी गरे पनि मन्त्री भागेदार हुनुपर्ने र जिम्मेवार हुनुपर्ने मन्त्री आलेको भनाइ छ । थाहा छैनरथिएन भनेर भाग्न नमिल्ने उनले बताए ।

आपत्तिको बेला नागरिकको अभिभावक बन्नुपर्ने मन्त्रीले नै कमाउ धन्दाका लागि कागज नै लुकाएर तोकिएभन्दा ४ गुणा बढी भाडा लिएर जनताको ढाड सेकाउनु जत्तिको ठूलो अपराध केही नभएको पिन मन्त्री आलेको तर्क छ ।काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले पूर्वमन्त्री योगेश भट्टराईलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

तत्कालीन पर्यटनमन्त्री भट्टराईले विदेशबाट नेपाली नागरिकको उद्धारका लागि गरिएको प्लेन चार्टरका क्रममा तोकिएको भन्दा ४ गुण बढी भाडा लिएको आरोपसमेत मन्त्री आलेले लगाएका छन् ।

एक टिभी कार्यक्रममा बोल्दै मन्त्री आलेले उक्त विषयमा हाल छानबिन समितिले अध्यायन गरिरहेको बताउँदै उक्त प्रतिवेदन आएपछि दोषी देखिने कसैलाई नछोड्ने बताएका हुन् ।

उनले भनेको छन्, ‘जुन बेला देश कोरोनाले आक्रान्त बनेको थियो, त्यो बेला विदेशमा भएका नेपालीहरु हाम्रा श्रमजीवी मजदुरहरु आफ्नो देश फर्किने बेला पनि भट्टराईले चार्टर्ड फ्लाईटको हवाला दिए ।

सहसचिव सुरेश आचार्यको संयोजककत्वमा ४ सदस्यीय छानबिन समिति बनाएर विमान कसरी चार्टर्ड गर्ने, कसरी ट्राभल मेनेजमेन्ट गर्ने र भाडा कति लिने भन्नेबारे प्रतिवेदन तयार गरेर स्पष्ट पारेको तर भट्टराईले पेन्डिङमा राखेर सार्वजनिक नगरी लुकाएको यसअघिको प्रतिवेदनले जनाइसकेको छ।’

योगेश भट्टराईको कर्तुतबारे भट्टराईपछि मन्त्रालय सम्हाल्न आएका उमाशंकर अगरियाले गत असारमा बनाएको छानबिन समितिले निकालेको प्रतिवेदनले नै छर्लंग गरिसकेको मन्त्री आलेले बताएका छन् ।

‘भट्टराईपछि मन्त्रालयमा आएका उमाशंकर अगरियाले गत असारमा बनाएको छानबिन समितिले निकालेको प्रतिवेदनमा योगेश भट्टराईले भ्रष्टाचार गरेको निष्कर्ष निकालिएको छ ।

उक्त प्रतिवेदनमा खाडी मुलुकमा रहेका नेपालीलाई स्वदेश ल्याउँदा दोब्बर मात्रै नभइ चौबल भाडा समेत लिएको निष्कर्ष निकालिएको प्रमाण छ,’ मन्त्री आलेले भने ।

सो प्रतिवेदनले नै तत्कालीन मन्त्रीलाई कारवाही गर्न सिफारिस गरे पनि त्यसको सुनुवाइ नभएको उनले बताएका छन् । आफू मन्त्रालयमा आएपछि पुनः छानबिन समिति बनाएर अध्ययन गरिरेको उनले बताए । १० दिनको मिति राखेर प्रतिवेदन तयार गर्न निर्देशन दिएको उनको भनाइ छ ।

१० दिनभित्र आएको प्रतिवेदनपछि पत्रकार सम्मेलन गरेर योगेश भट्टराई नै दोषी भए पनि नछोड्ने उनले चेतावनी दिएका हुन् । उनले उक्त भ्रष्टाचारमा तत्कालीन उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक इश्वर पोखरेल नै दोषी भए पनि नछोड्ने चेतावनी दिए ।

मन्त्रालय मातहतको जो(कोहीले कमजोरी गरे पनि मन्त्री भागेदार हुनुपर्ने र जिम्मेवार हुनुपर्ने मन्त्री आलेको भनाइ छ । थाहा छैनरथिएन भनेर भाग्न नमिल्ने उनले बताए ।

आपत्तिको बेला नागरिकको अभिभावक बन्नुपर्ने मन्त्रीले नै कमाउ धन्दाका लागि कागज नै लुकाएर तोकिएभन्दा ४ गुणा बढी भाडा लिएर जनताको ढाड सेकाउनु जत्तिको ठूलो अपराध केही नभएको पिन मन्त्री आलेको तर्क छ । दैनिक न्युज नेपाल ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय