शुक्रबार , बैसाख ७, २०८१

पहिलो अपडेट श्रावण ५ ,अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउपालिकाले कृषकहरुलाई उन्नत जातका बोय बोकाहरु वितरण गरेको छ ।
गाउँपालिकाले किसानहरुलाई कृषि तथा व्यावसायिक पशुपालनमा आत्मनिर्भर उद्वेश्यले आइतबार एक कार्यक्रमको आयोजना गरि शत प्रतिशत उन्नत जातका बोयर बाख्राहरु हस्तान्तरण गरेको हो ।


बोयर बाख्राहरु हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष अच्युत गौतमले अबको ५ बर्ष भित्रमा गाउँपालिकालाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउने बताए । उनले किसान लक्षित कार्यक्रमहरु वास्तविक किसान सम्म पुर्याई युवाहरूलाई कृषि पेसा लाग्न प्रेरित गर्ने उद्वेश्यले गाउँपालिका अगाडी बढेको उल्लेख समेत गरेका थिए ।
अस्ट्रेलियाबाट पालिकामा बोका ल्याउन सफल भएको उल्लेख गर्दै पालिका अध्यक्ष गौतमले बोका ल्याउने कार्यमा सहयोग गर्ने सबै पक्षलाइ धन्यवाद समेत दिएका थिए । बोयर बोका खरीदको लागि एक करोड ४ लाख विनियोजन गरिएकोमा करीव ८० लाख खर्च भएको गौतमको भनाई छ । कार्यक्रम अन्तरगत १६ वटा पाठी र ८ ओटा पाठा खरीद गरिएको हो ।


। कार्यक्रममा बोल्दै उपाध्यक्ष लक्ष्मी गौतमले स्वदेशमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्न सकिने भएको विदेशिएका युवाहरूलाई स्वदेशमा फर्कन आग्रह गरिन् । हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत जनकराज पन्थिले गाउँपालिकाले कृषि र पशुपालनलाई पहिलो प्राथमिकता राखेको बताए ।
गाउँपालिकाको मैदान, अड्गुरी र पोखराथोक गरि तिन ठाउँमा श्रोत केन्द्र स्थापना गरि उक्त बाख्राहरु हस्तान्तरण गरिएको थियोे । सोहि कार्यक्रममा ३ वटा श्रोत केन्द्र लाइ ६÷६ वटाका दरले र श्रोत केन्द्र स्थापना नभएका वडालाइ एकएक वटाका दरले बोयर जातको बोका बितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय