शुक्रबार , बैसाख ७, २०८१

नेपाली राजनिती,

काठमाडौँ- कोरो’ना भाइ’रसको स’ङ्क्रमण तीव्र भएसँगै ‘रेड जोन’ मा परेका जिल्लाको सङ्ख्या पनि ६ पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, काठमाडौं उपत्काका तीन र उपत्यका बाहिरका तीन जिल्लामा सङ्क्र’मण ती’व्र फैलिन थालेको छ। जहाँ सक्रिय सङ्क्र’मितको सङ्ख्या पाँच सयभन्दा बढी पुगेको छ।

काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी र कास्कीमा सक्रिय सङ्क्र’मितको सङ्ख्या पाँच सय नाघेको छ। शुक्रबार काठमाडौंमा एक हजार ९१३, ललितपुरमा ३७७, भक्तपुरमा ३१७, मोरङमा २४०, सुनसरीमा १४१ र कास्कीमा १७५ जनामा सङ्क्रमण पुष्टि भएको छ।

योसँगै काठमाडौं उपत्यकामा दुई हजार ६०३ सङ्क्र’मित थपिएका छन्। अब सक्रिय सङ्क्र’मितको सङ्ख्या काठमाडौंमा सात हजार ६२५, ललितपुरमा एक हजार ९३५ र भक्तपुरमा एक हजार २५१ पुगेको छ।

त्यस्तै, दुई सयभन्दा सक्रिय सङ्क्र’मित भएका जिल्लाको सङ्ख्या पनि सात पुगेको छ। झापा, चितवन, मकवानपुर, नवलपरासी (पूर्व), बाँके, रुपन्देही र कैलालीमा दुई सयभन्दा बढी सक्रिय सङ्क्र’मित पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशका ७७ वटै जिल्लामा सङ्क्र’मण देखिएको छ। बिहीबारसम्म मुगुमा सङ्क्र’मण देखिएको थिएन भने आज सङ्क्र’मण पुष्टि भएको छ।शुक्रबार देशभर पाँच हजार ८७ जनामा सङ्क्र’मण देखिएको छ। त्यस्तै, कोरोनाबाट तीन जनाले ज्या’न गुमा’एका छन्। हिमाल पोस्टबाट साभार खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय