आइतबार , बैसाख १६, २०८१

नेपाली राजनिती,

काठमाडौं ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पुनः विवादमा पर्नुभएको छ । सामाजिक सञ्जालमा साझा भएको एक तस्विरलाई लिएर उहाँको विरोध गरिएको हो ।

जनता समाजवादी पार्टी (जसपा) का नेता समेत रहनु भएका पूर्वप्रधानमन्त्री डा. भट्टराईले आफ्नो नातिसँग व्यायम गरिरहेको तस्विर बिहीबार साझा गर्नुभएको छ ।

छोरी मानुषीका छोरासँग उहाँ अक्सर देखिने गर्नुभएको छ । आज पनि उहाँले बिहान ‘नियमित व्यायामको अभ्यास गर्दै नाति–हबा ।’

क्याप्सन राखेर नातिसँगको तस्विर साझा गर्नुभयो । तर उक्त तस्विरलाई लिएर उहाँले निकै नकारात्मक प्रतिकृयाहरु पाउनु भएको छ । नेता भट्टराईमाथि राष्ट्रिय झण्डाको अपमान गरेको आरोप लागेको छ ।एक जनाले यस विषयमा प्रतिकृया दिदैँ लेख्नु भएको छ, ‘तपाईंको बुद्धि सकिए छ डा. भट्टराई ।

अस्ती तौलियाले चुच्चे नक्सा छोप्नु भो, आज देशको राष्ट्रिय झन्डा लडेको छ, त्यो पत्तो छैन, कि झन्डा उठाएर नाती लाई बोक्न लगाएर फोटो हाल्नु, कि फोटो नै नहाल्नु प्रचन्ड चुच्चे नक्साको बारेमा प्रतिवेदन लेख्न छुटाउने तपाईंको गतिविधि यस्तो छ ?

छि लाज हुन पर्ने पूर्व प्रम भन्न । जनयु’द्ध नाम गरेको मान्छे मार्ने खेल भारतको डिजाइनमा भएको भन्ने प्रस्ट हुँदैछ छि । अर्को एकजना लेख्नुहुन्छ, ‘एउटा सामान्य नागरिकलाई पनि आफ्नो देशको झण्डाको माया हुन्छ ।

यो कस्तो खालको पागल डाक्टर परेछ भुतपुर्व प्रधानमन्त्री भन्न नि घिन लाग्ने’ भनेर लेख्नु भएको छ । यस्ता धेरै प्रतिकृयाहरु आएका छन् ।

अर्काथरी व्यक्तिहरुले माओवादीको जनयु’द्धको पनि स्मरण गरेका छन् । सरद गिरी लेख्नुहुन्छ, ‘धेरै राम्रो डाक्टरसाब, अरु जनताका हजुरबाउ–नातीलाई पो राजनितिक यु’द्धमा ध’केलेर मरा’उने हो नि ।

आफू हजुरबा नाति त रमाउदै व्यनयम गर्ने हो नि होईन । ती जनयु’द्धमा मारिएका १७००० जनताका छोरा नाति अहिले के गर्दै छन्, त्यो किन सोचिराख्नु पर्यो र एउटा नाति छ त्यहीँ खेलाउदै बस’ । हेर्नुस

Baburam Bhattarai

यो खबर जनवोली बाट साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय