शनिबार , बैसाख ८, २०८१

नेपाली राजनिती,

काठमाडौं –

नेकपा एमाले पोलिटव्यूरो सदस्य एवम् खोटाङ जिल्ला इन्चार्ज विशाल भट्टराई पार्टीलाई शक्तिशाली बनाउने अभियानमा दिनरात खटेको देखिन्छ।

भट्टराईले केपिला सगढी गाउँपालिकाका १५ जनालाई नेकपा एमालेमा प्रवेश गराएका छन्। काठमाडौंको कोटेश्वरमा भएको कार्यक्रममा नेकपा माओबादी केन्द्र केपिलासगढी काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष विबेक राईलाई एमालेमा प्रवेश गराएका छन्।

विबेकको नेतृत्वमा माओवादीका १५ जना कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्। प्रबेश गर्नेहरुमा केपिलासगढीका जनक राई, संगम राई, डाईमन राई, भिजन राई, प्रमेश कार्की, मिलन राई, महेश श्रेष्ठ, संदेश राई, अनिल बिक, साम्वान शेर्पा, एलिन कार्की, अञ्जन राई लगाएतलाई भट्टराईले खादा माला र अबिर लगाएर स्वागत गरेको बताइएको छ।

मओेवादी परित्याग गरि एमालेमा आएका नवप्रवेशीहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने एमाले जिल्ला सदस्य तथा केपिलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले जानकारी दिए ।

कार्यक्रममा भट्टराईसँगै एमाले केन्द्रीय लेखा आयोगका सचिवालय सदस्य कर्ण घले, जिल्ला सदस्य कृष्णकुमार राई लगाएतको उपस्थिति रहेको थियो । पाथिभरा डटकमबाट साभार खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय