शुक्रबार , बैसाख ७, २०८१

नेपाली राजनिती,

नेकपा एमाले सुनसरीको नयाँ नेतृत्वका लागि बुधबार साँझदेखि मतगणना सुरु भएको छ।

सदरमुकाम इनरुवामा भएको सातौँ अधिवेशन अन्तर्गत मंगलबार भएको निर्वाचनको अहिले मतगणना जारी छ। मतगणनाको पहिलो प्रारम्भिक नतिजाले पटक पटक विवादमा आइरहने इटहरी उपमहा नगरपालिकाका मेयर द्वारिकलाल चौधरी ‘रिङ आउट’ भएका छन्।

प्रारम्भिक एक सय मतगणना हुँदा अध्यक्षका उम्मेदवार द्वारिकलाल चौधरीलाई रेवती रमण भण्डारी र खेमराज पोखरेल धेरै पछि पारेका छन्।

सय मत गन्दा अध्यक्ष पदका उम्मेदवार भण्डारीले र पोखरेलले बराबरी ४७ मत पाएका थिए। उता मेयर चौधरीले भने केबल ११ मत मात्रै ल्याएका थिए। त्यसपछि २०० मत गनिसक्दा अध्यक्षका उम्मेदवार भण्डारी अघि बढेका छन्।

२०० गणना हुँदा पोखरेलले ७६ मत ल्याएका छन् भने भण्डारी ८७ मत ल्याउन सफल भएका छन्। उता मेयर चौधरी भने अत्यन्तै कम मतसहित अध्यक्ष पदको दौडबाट ‘रिङ आउट’ भएका छन्।इनरुवा नगरपालिका-१ जेल फिल्डको मतदान केन्द्रमा एक हजार ८ सय ५ मत खसेको थियो। साभार खबर । नेपाल खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय