शुक्रबार , बैसाख ७, २०८१

नेपाली राजनिती,

केपी ओली र शशक्त नेताहरुको टिम

झापा भनेको नेपालका अनेक राजनीतिक आन्दोलनको केन्द्र हो । झापाले देशलाई एकसे एक सक्षम नेता दिएको छ । ती मध्ये अग्रणी हुनुहुन्छ केपी शर्मा ओली । केपी ओलीले राजनेताको उचाई हासिल गरिसक्नुभएको छ । नेपालमा जिवित अवस्थामै राजनेताको उचाई हासिल गर्ने नेता केपी ओली नै हो ।

देश र जनताप्रति केपी ओलीको समर्पण, विकासप्रतिको उहाँको प्रतिवद्धता, देशको स्वाभिमान प्रति उहाँको संवेदनशीलताका कारण जनता उहाँप्रति आकर्षित छन् ।

केपी ओली राजनेताको उचाईमा उठ्नु, उहाँको नेतृत्व सर्वसम्मत हुनुको कारणले पनि एमालेप्रति विभिन्न पार्टीका कार्यकर्ताका साथै आम जनताको आकर्षण बढेको हो ।

एमालेमा केपी ओलीका सयौं उत्तराधिकारी छन् । एमालेमा सक्षम योग्य र देश तथा जनताप्रति प्रतिवद्ध नेताहरुको शशक्त टिम छ । यसकारण पनि एमालेमा जनआकर्षण बढेको बढ्यै छ । एमालेले जिल्लादेखि केन्द्रसम्म नेतृत्वकर्ताहरुको यति शशक्त टिम तयार पारेको छ कि त्यसप्रति जनआकर्षण बढेको छ ।

त्यति शशक्त टिममा समाहित हुने चाहना अन्य राजनीतिक दलका नेता कार्यकर्ताहरुमा हुनु स्वाभाविक हो र स्वागतयोग्य पनि हो । यसकारण पनि एमालेप्रति आकर्षण बढेको बढ्यै छ । झापामा पनि यही देखियो । नेकपा एमालेको शशक्त नेता पंक्तिमा सामेल हुन लायक अन्य पार्टीका एकसे एक नेताहरु नेकपा एमालेमा दमकको कार्यक्रम मार्फत् प्रवेश गर्नुभएको छ ।

दमकको विशेष कार्यक्रममा नेकपा एमाले प्रवेश गर्नुभएका विभिन्न पार्टीका नेता कार्यकर्ताहरु एमालेमा पूर्ण रुपमा समाहित भइसक्नुभएको छ । अब उहाँहरु एमाले परिवारको सदस्य भइसक्नुभएको छ ।

अब एमालेलाई शशक्त बनाउँदै अगाडि बढाउने जिम्मेवारी उहाँहरुको काँधमा आएको छ । उहाँहरुले पदीय तथा कामको जिम्मेवारी पाउन थालिसक्नुभएको पनि छ । यस अर्थमा दमकमा एमाले प्रवेश समारोहको महत्व दूरगामी बनेको छ ।

दक्षिण एसियाकै अग्रणी हो एमाले

नेता त जुन पार्टीमा गए पनि हुन सकिन्छ तर जनताको नेतृत्व भने एमालेमा प्रवेश गरेर मात्र गर्न सकिन्छ भन्ने तत्वज्ञान अन्य पार्टीका नेता कार्यकर्ताहरुलाई भइरहेको छ । एमाले र कांग्रेस बाहेक अन्य पार्टीसँग संगठन छैन भने पनि हुन्छ ।

संगठन र मानिसको जमात फरक चिज हो । संगठन हुनलाई विचार हुनुपर्छ, पद्धति चाहिन्छ, भविष्यप्रतिको दृष्टिकोण चाहिन्छ, देश र जनताप्रतिको प्रतिवद्धता चाहिन्छ ।

संगठनमा नेता कार्यकर्तालाई अवसर पनि हुनुपर्छ । अन्य पार्टीसँग यसको अभाव छ तर एमालेसँग नेपालको सबैभन्दा शशक्त संगठन छ । नेपालको सबैभन्दा लोकतान्त्रिक पार्टी संगठन कसैसँग छ भने एमालेसँग मात्र छ ।

एमालेलाई दक्षिण एसियाकै सबैभन्दा सुव्यवस्थित, जनता केन्द्रीत, पारदर्शि, विचार र सिद्धान्तले परिस्कृत संगठन मान्न सकिन्छ । दक्षिण एसियामा एमाले जत्तिको उत्कृष्ट पार्टी कुनै देशमा पनि छैन ।

दक्षिण एसियाकै सबैभन्दा शशक्त संगठन, उन्नत विचार भएको पार्टी नेपालमा छ भनेर हरेक नेपालीले गर्व गर्नुपर्छ । नेपालका केही पार्टीसँग अलिअलि इतिहास पनि छ तर उनीहरुसँग वर्तमान पनि छैन र भविष्य पनि छैन । तर, एमालेसँग भने अतित छ, वर्तमान छ र भविष्य पनि छ । त्यसैकारण जनता तथा अन्य पार्टीका नेता कार्यकर्ताले एमाले रोजिरहेका छन् ।

एमालेको विशाल र सुव्यवस्थित संगठनमा आवद्ध हुन आउने क्रम जारी छ । एमालेमा जो प्रवेश गर्छ उसले गर्व गर्छ । देशका लागि केही गरौं भन्ने भाव भएका मानिसले रोज्ने नै नेकपा एमाले हो भन्ने भावनाले ओतप्रोत भएर दमकमा विभिन्न पार्टीका नेता कार्यकर्ताहरु एमाले प्रवेश गर्नुभएको हो ।

एमाले प्रवेश गर्दा उहाँहरुमा देखिएको खुसी, उमंग, उल्लास र भविष्यप्रतिको विश्वास अविष्मरणीय रहन गयो । नेपालको मात्र नभएर दक्षिण एसियाकै उत्कृष्ट पार्टीमा प्रवेश गर्दा साथीहरुमा गौरववोध हुनु स्वाभाविक हो ।

दमक प्रवेश कार्यक्रमको राजनीतिक प्रभाव

५ नम्बर क्षेत्रलाई लक्षित गरेर दमकमा भएको एमाले प्रवेश कार्यक्रमलाई मिडियाले विशेष स्थान दिएको पाइयो । कतिपय मिडियाले प्रवेश कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेका थिए, अन्य पार्टीबाट एमालेमा हजारौं नेता कार्यकर्ता प्रवेश गरेको त्यो दिनको दृष्य जो कसैले भिडियोमा हेर्न सक्छ, ती भिडियो इन्टरनेटमा जताततै पाउन सकिन्छ ।

दमकमा भएको कार्यक्रमलाई विशेष महत्वको भनिनुका पछाडि मुख्य कारण हो केपी शर्मा ओलीको चुनाव क्षेत्र हुनु । कैयन मिडियाले प्रवेश कार्यक्रमलाई यही रुपमा व्याख्या गर्दै अब ओलीका लागि उहाँको चुनाव क्षेत्र सम्पूर्ण रुपमा सुरक्षित भएको विष्लेशण गरेका छन् ।

अहिले मिडियाहरुमा आएका के कुरामा सहमत हुन सकिन्छ भने केपी ओली बाहेक मुख्यमुख्य दलका नेताहरु तथा पूर्व प्रधानमन्त्रीहरु कोही पनि आफ्नो चुनाव क्षेत्रमा सुरक्षित छैनन् ।

आउँदो चुनाव जित्ने सुनिश्चित एक मात्र नेता केपी ओली हुनुहुन्छ । दमकमा पार्टी प्रवेश कार्यक्रमसँगै ओलीले दुई तिहाई मतले जित्ने अवस्था बनेको छ ।

अन्य पार्टीका नेताहरुमा पार्टीलाई जिताउने चिन्ता मात्र छैन, आफूले जित्नुपर्ने चिन्ता पनि छ । तर, एमाले अध्यक्ष केपी ओली भने पूरै पार्टीका लागि समय दिन पाउने अवस्थामा हुनुहुन्छ ।

किनभने उहाँलाई आफ्नो क्षेत्रको चिन्ता छैन । दमकको प्रवेश कार्यक्रममा एक वक्ताले बडो सटिक कुरा भन्नुभएको थियो । उहाँका अनुसार झापा क्षेत्र नम्बर पाँचमा मात्र नभएर झापाको कुनै पनि क्षेत्रमा केपी ओलीले उम्मेदवारी दिँदा जित सुनिश्चित छ । उहाँको रोचक भनाई थियो– मिल्ने भए ओलीलाई यो देशका ढुंगामाटो, रुख र बुट्यानले पनि भोट हाल्छन् ।

प्रमुख प्रतिपक्षी नेता अर्थात् केपी शर्मा ओली आफ्नो चुनाव क्षेत्रमा निश्चिन्त बन्नुभएपछि त्यसको असर राष्ट्रिय राजनीतिमा पर्छ भनी मिडियाहरुमा विष्लेशण आइरहेको छ ।

अरु नेताले आफ्नै क्षेत्रमा ध्यान दिनुपर्ने अवस्था तर ओलीले भने आफ्नो क्षेत्रको चिन्ता नगरी राष्ट्रिय राजनीतिमा ध्यान केन्द्रीत गर्ने अवसर रहेको भनी मिडियामा आएका कुरामा शतप्रतिशत सहमत हुन सकिन्छ ।

झापामा केपी ओलीले उम्मेदवारी मात्र दिए पुग्छ, चुनाव क्षेत्रमा समय र ध्यान नदिए पनि हुने अवस्थालाई महान अवसरका रुपमा लिइनुपर्छ ।

केपी ओलीले अब चुनावको दौरानमा आफ्नो क्षेत्रमा केन्द्रीत नभएर देशभरी ध्यान र समय दिन पाउनुहुन्छ । यसले निश्चय पनि नेकपा एमालेलाई अत्यन्तै ठूलो चुनावी लाभ हुनेछ, एमालेलाई फाइदा हुनु भनेको देशलाई नै फाइदा हुनु हो । यस अर्थमा पनि दमकको पार्टी प्रवेश कार्यक्रम ऐतिहासिक महत्वको रहेको छ । पाथिभरा बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय