शनिबार , बैसाख ८, २०८१

डिआरजी सुमन
पाणिनी कलाकार कल्याणकारी समाज अर्घाखाँचीका महासचिव तिलक वेल्वासे र कोषादक्ष्य रुक्मिणा घिमिरेको आवाज़ रहेको तीजगीत “तिर्सना”को सुटिंग आज सम्पन्न भएको छ । जसमा चर्चित मोडल संकर विसी र करिष्मा ढकालले अभिनय गर्नु भएको छ भने स्वर तिलक वेल्वासे र रुक्मीणा घिमिरेको रहेको छ ।

तीज गितसँगै अन्य लोक दोहोरी गित हरु वजारमा ल्याई सक्नु भएका ख्याति प्राप्त यस जोडिले प्रायः वार्षिक रुपमै तीजगीत सार्वजनिक गर्ने गरेको छ । यसअघि वैवाहिक जोड़ी र विदेशिएका जोड़ी लक्षित गीतहरु निकाल्ने गर्नु भएका जोड़िले यसपटक विवाह भएको जोड़ी भन्दा पनि अविवाहित युवाहरु लक्षित गित वजारमा ल्याउने जमर्को रहेको गायक तिलक वेल्वासे वताउनु हुन्छ ।

पाणिनि गाँउ पालिका वडा नं ७ अडगुरी झन्द्रेकमा जन्मिएका गायक गायिका नेपाली मौलिक गित संगितको क्षेत्रमा अव्वल क्षमता राख्ने गर्नु भएको छ । – तस्वीर/ भिंडियों दीपक भूसाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय