नेपाली राजनिती,

नेकपा एमाले दैलेखको निर्वाचनमा खसेको भन्दा ३१ मत बढी भेटिएपछि निर्वाचनका सबै कार्यक्रम रद्द गरिएको छ।

अब केन्द्रीय निर्वाचन आयोगको छानबिन पछि मात्र थप प्रक्रिया अघि बढाउने बताइएको हो। तर नेताहरू अहिले छलफलमा रहेको एमाले दैलेखका नेता लक्ष्मीप्रसाद पोखरेलले रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार एमाले दैलेखमा जम्मा मतदाताको सङ्ख्या ७२१ रहेको थियो । जसमा ७१८ मत खसेको थियो । तर मत पेटिका खोल्दा ७४८ मत भेटिएपछि निर्वाचन मण्डलको कार्यक्षमता माथि गम्भीर प्रश्न उठेको छ। यता अर्को खबरमा नेपालका प्रमुख राजनितीक दलहरुले महाधिवेशन सकाए पनि राजनितीमा देखीएको अवरोधको गाँठो सजिलै फुक्ने देखिएको छैन ।

संसद संसद जस्तो छैन , सरकार सरकार जस्तो देखिँदैन , अदालतको त झनै कुरा गर्नै परेन हालत दुनियाँले देखेकै छन् । राज्यका प्रमुख अंगहरु व्यवस्थापिका , कार्यपालीका र न्यायपालिकामा देखा परेको भद्रगोल र कब्जीयतको निकास विन्दूको खोजि सुरु भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समय देखी संसद अवरोध जारी राखेको छ । संसद सहज रुपमा संचालन हुँदा अन्य अंगका समस्याको समाधान संसद बाटै खोज्न सकिने अपेक्षा राखिएको छ तर एमालेले त्यत्ति सजिलै सँग संसद खुलाउँने पक्षमा देखिएको छैन ।

एमालेले आफुले कारबाही गरेका माधव नेपाल सहितका १४ जना सांसदहरुलाई कारबाही नगरे सम्म कुनै हालतमा कप्रमाइज नगर्ने पक्षमा देखिएको छ । कित माधव नेपाल सहितका १४ जना सांसदको पद खारेजको सुचना दिनु पर्यो होइन भने सभामुख अग्नी सापकोटाले राजिनामा दिनु पर्यो भन्ने प्रष्ट अडान एमालेले राखिरहेको छ ।

यस विचमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले एक घण्टा भन्दा लामो समय एक्लाएक्लै भेटघाट गरेका छन् । बाहिर आउँदा संसद खुलाउँन र एमसीसी पास गर्न सहयोग गर्न देउवाले अनुरोध गरेको भन्ने मात्रै कुरा आए पनि देउवा र ओली विच भित्र अरु केहि सहमती भएको अनुमान गरिएको छ ।

देउवासँग कुराकानी पश्चात ओलीले कुराकानी राम्रो भएको प्रतिक्रिया दिएका थिए । ओली देउवा दुवै पक्षमाबाट खास कुरो के भएको हो भन्ने आधिकारीक जवाफ दिएका छैनन् । ओली र देउवा विच भएको कुराकानीको रिजल्ट माघ १२ गते पछि देखिने चर्चा पनि राजनितीक बजारमा चल्न थालेको छ ।

माघ १२ मा हुने राष्ट्रिय सभाको निर्वाचन पछि राष्ट्रिय राजनितीले नयाँ कोर्स लिने अनुमान गरिएको छ । राष्ट्रिय सभाको निर्वाचनमा सत्तारुढ दलहरुले गठबन्धन गरेका छन् । प्रमुख दल नेपाली काग्रेसका शिर्ष नेताहरुले माओवादी र नेकपा एस सँगको गठबन्धन यो नै अन्तीम हुने अभिव्यक्ति दिइरहेका छन् । ओली र देउवा विच माघ १२ पछिको राजनिती बारे ठोस कुराकानी भएको अनुमान गरिएको छ ।

एमाले आफुुले राखेको अडान बाट तलमाथी गर्ने मुडमा देखिएको छैन । सभामुखलाई राजीनामा गर्न लगाउँदा पनि व्याकफायर हुन सक्ने देखेर प्रधानमन्त्री देउवाले एमालेले उठाएका सवालहरु अदालतको माध्यम बाट सम्बोधन गर्ने बाटो लिएको बताइएको छ ।

माधव नेपाल सहितका १४ जना सांसदहरुलाई कारबाहीको माग गरेर एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतमा दायर गरेको रिट अदालतले पेशीमा चढाउँन थालेको छ । माघ १२ अघिनै अदालतले यो बिषयमा फैसला गर्ने र राजनितीले नयाँ कोर्स लिने अनुमान गरिएको छ । यो खबर otv nepal मा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय