बिहिबार , चैत्र १५, २०८०

नेपाली राजनिती,

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीको खोल ओढेका दक्षिणपन्थीहरूको पार्टीमा नअलमलिन आह्वान गरेका छन्।

पार्टीको सङ्खुवासभाको जिल्ला अधिवेशनमा ओलीले प्रतिक्रियावादीहरूको पार्टीले दक्षिणपन्थीको खोल ओढेको भन्दै त्यहाँ नअलमलिन आग्रह गरेका हुन्।

उनले यो देशमा परिवर्तन चाहने राजनीतिक दल एमाले मात्रै भएको दाबी पनि गरे।‘वामपन्थी खोल ओढेका पार्टीमा साथीहरू अलमल नगर्नुहोस्। एमाले मात्रै परिवर्तन चाहने, देशमा उन्नति, प्रगति चाहने, सामाजिक न्याय र समानता दिने पार्टी हो।

वामपन्थी खोल ओढेर प्रक्रियावादी काम गर्ने दक्षिणपन्थीको सेवामा समर्पित हुने, कम्युनिष्ट पार्टी फुटाउने, सरकार ढाल्ने र आफूलाई दक्षिणपन्थी खेमामा समाहित गर्ने तत्व र तीनका पार्टीमा नअलमलिन आग्रह गर्छु,’ उनले भने।

उनले एमालेमा प्रवेश गरेपछि कुनै पश्चात्ताप नहुने र एमालेमा आउनु एउटा गर्वको विषय भएको बताए। ओलीले एमाले उदाउँदो सूर्यका रुपमा आएको बताए।‘एमालेले देश विकासलाई गति दिएको थियो। तर षड्यन्त्र गरेर सरकारबाट हटाए,’ उनले भने, ‘तर अब षड्यन्त्र सधैँ काम लाग्दैन।

प्रतिगामीहरू चुनावमा जान डराइरहेका छन्। यो सरकार लुट्न लागेको छ चुनावतिर जान मान्दैन।’उनले २०५९ सालमा जस्तै अहिले पनि चुनाव गराउन नखोजिएको बताएका छन्। ‘एमालेबाहेक जनताको मन जित्ने अर्को पार्टी छैन।

एमाले मात्रै हो जनताले भोट दिन लायक पार्टी,’ उनले भने, ‘विराटनगर(किमाथांका सडक बनाउन एमाले चाहियो नि१ एमालेले सुरु गरेको हो किमाथांका सडक, त्यसैले विकासका लागि पनि एमाले नै सरकारमा चाहिन्छ।’ यो खबर दैनिक नेपाल न्युजमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय