शनिबार , बैसाख ८, २०८१

काठमाडौं,

२७ पुष ।

प्रमुख प्रति पक्षी दल नेकपा (एमाले) ले नेपाल र भारत बीच भएको सहमति विपरित भारतीय पक्षबाट नेपाली भूभागमा सडक सहितका संरचना निर्माणलाई तिव्रता दिएको भन्दै आफ्नो ध्याना कार्षण गराएको छ ।

आज पार्टीका परराष्ट्र विभागका प्रमुख डा. राजन भट्टराईले एक विज्ञप्ती जारी गर्दै यस्तो उल्लेख गरेका छन् ।विज्ञप्तीमा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि आँच पुर्‍याउने गतिविधि तत्काल रोक्न भारतसँग आग्रह गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ,‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमान माथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुप र्छ, सडक लगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुङ्ग्याइनु पर्छ र वार्ताबाट समाधान नखोजिँदा सम्म राज्य स्तर बाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा (एमाले) को अविचलित मान्यता छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय