नेपाली राजनिती,

काठमाडौं –

छानविन समितिले नारायणहिटी दरबार संग्रहालय परिसरकोजग्गा बतास समूहलाई दिँदा मिलेमतो देखिएको निष्कर्ष निकालेको छ।

छानबिन समितिले ठेक्का प्रक्रियामा मिलेमतो देखिएको निष्कर्ष निकाल्दै सोमबार संस्कृति पर्यटन तथा नागरिक

उड्डयन मन्त्री प्रेम आलेलाई प्रतिवेदन बुझाएको छ ।बतास समूहले मनपरी संरचना बनाएको बाहिरिएपछि मन्त्रालयले सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो।

नारायणहिटी दरबार संग्रहालय तथा गणगन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले क्यान्टिन सञ्चालनका लागि क्षेत्रफल र स्थानकोसीमांकन नगरी जग्गा ओगट्न दिएको समितिले बताएको छ।पूर्वस्वीकृति नलिइकन दरबारको सम्पत्ति प्रयोग गर्न दिएको पुष्टि भएको विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए ।

१४ रोपनी जग्गामा बतासले संरचना बनाएको देखिएको समितिले जनाएको छ। यस्तै, सोही ठाउँमा रहेको बंकरको पनि दुरूपयोग गरेको समितिको निष्कर्ष छ।यस्तै सरकारी छानविन समितिले नारायणहिटी दरबार संग्रहालय परिसरमा क्याफटेरिया सञ्चालनको ठेक्का प्रक्रियामा दरबार संग्रहालय तथा गणतन्त्र

स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले समेत जिम्मेवारी पूरा नगरेको निष्कर्ष निकालेको छ ।यस्तै पर्यटनमन्त्री प्रेम आलेले नारायणहिटी संग्रहालय प्रकरणमा आफूलाई प्रधानमन्त्री शेरबहादुर देउवाको साथ

रहेको दावी गरेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसमा समर्थन गरेको उनको भनाइ छ ।आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आलेले कौडीको भाउमा नारायणहिटीको जग्गा मिलेमतोमाबतास समूहलाई दिने कार्य खेदजनक रहेको टिप्पणी गरे । यसमा कारवाही गर्न आफूलाई कसैको रोकटोक नरहेको पनि उनले बताए ।

प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री ओलीको समेत बतास समूहसँग साँठगाँठ रहेको चर्चाबारे पत्रकारले सोधेको प्रश्नमा आलेले भने, ‘यो गलत हो ।

मलाई प्रधानमन्त्री देउवाले नै यसमा एक्सन लिएकोमा धन्यवाद दिनुभएको छ । ओलीले पनि आफूलाई यसमा नमुछ्न भन्नुभएको छ । उहाँहरु दुवैको सहमति छ । मलाई कसैले पनि रोकटोक गर्न सक्नुहुन्न ।’ source: annapurnatimes .com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय