काठमाडौँ –

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले”सँग एक्लै लड्ने आँट नभएकाले गठ”बन्धनको कुरा गरिरहेको बताउनु भएको छ ।

नेकपा एमाले संखुवासभाको आठौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै पौडेलले एक्लै लड्ने आँट नभएकाले गठबन्धन बनाएर आउन चुनौती दिनुभयो ।

‘एक्लै लड्ने हिम्मत भएकाले लडे हुन्छ । आँट नभएकाले गठबन्धन बनाएर आए हुन्छ,’ उहाँले भन्नुभयो, ‘जसले जे गरे पनि आउने निर्वाचनमा नेकपा एमालेले बहुमत ल्याउने छ ।’ विष्णु पौडेलले अहिले नेकपा एमाले विरुद्ध जति सुकै प्रहार गरिए पनि एमालेले जनताको बलले पुन : सरकारको नेतृत्व गर्ने दाबी समेत गर्नुभयो ।

यो पनि – एमाले सचिव टोपबहादुर रायमाझीले ५ दलीय गठबन्धन गरेर पुष्पकमल दाहालले कम्युनिस्टको नाममा अराजनीतिक तथा राजनीतिक रुपमा अपराधीपूर्ण काम गरेको आरोप लगाए ।

एमाले सचिव टोपबहादुर रायमाझीले ओरालो लाग्दै गरेको माओवादी केन्द्र र त्यसका अध्यक्ष दाहाल कांग्रेसको पुच्छर भएर लागेको पनि आरोप लगाए ।

एमाले अर्घाखाँचीको ८ औं जिल्ला अधिवेशनलाई उदघाट्न गर्दै पूर्वउपप्रधानमन्त्री रायमाझीले चुनावमा सूर्य र हसिया हथौडामा भोट मागेर अहिले दाहाल कांग्रेसको पुच्छर भएर लागेर ठूलो भुल गरेको बताए ।

‘माओवादी केन्द्र र दाहाल अब मोहनविक्रम सिंह जस्तै हुन थाले, त्यसैले म केपी ओलीतिर लागेको हुँ,’ रायमाझीले भने, ‘दाहाल कम्युनिस्ट राजनीतिक रुपमा बेइमान हुन् । माधव नेपाल र दाहाल तुहिनेवाला छन्, उनीहरू विसर्जनको बाटोतिर छन् ।’

दाहाल र नेपाल कम्युनिस्ट पार्टीको नीति, सिद्धान्त छाडेर कांग्रेसतिर लागेकाले उनीहरूको पछि लाग्ने नेता कार्यकर्ताको भविष्य नभएको उनको तर्क छ ।

माओवादी केन्द्रका जिल्ला नेता राजेन्द्र जिसी एमालेमा प्रवेश गरेपछि रायमाझीले अर्घाखाँची माओवादीका सयौं नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराएर माओवादीलाई शून्यमा झारिने उनले चेतावनी दिए ।

‘राष्ट्रियसभा चुनावमा हामी हार्दैछौं,’ उनले भने, ‘एमालेसँग एक्लै भिड्ने हैसियत नभएपछि ५ दलीय गठबन्धन गरेका छन् । हामी हारे पनि जितेका छौं ।’ यो खबर रिलमाण्डुबाट साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय