शनिबार , बैसाख ८, २०८१

नेपाली राजनिती,

चितवन –

भरतपुर महानगर पालिकाकी मेयर रेणु दाहालले चितवन राजनीतिको केन्द्रविन्दु बन्नुको पछाडि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) रहेको दाबी गर्नुभयो ।

आज आइतवार हामीसँग भरतपुरमा आफ्नै कार्यालयमा कुरा गर्दै उहाँले देश शान्ति प्रक्रियायता प्रचण्डकै वरिपरि रहेको र देशका हरेक समस्याको समाधान अध्यक्ष दाहालबाट नै भएको बताउनुभयो ।

उहाँले प्रचण्ड चितवनको जनप्रतिनिधि बनेपछि छोटो समयमै जिल्लाको कायापलट भएको बताउनुभयो । मेयर दाहालले महानगरको विकास र शीर्षस्थ नेतृत्वको कारण जिल्लाले छोटो समयावधिमै विकास निर्माणका कामलाई गति दिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिको केन्द्रविन्दु चितवन बन्नुमा मलाई के लाग्छ भने राजनीति क्रान्ति गरेर यो देशलाई परिवर्तनको विन्दुमा ल्याउने नेतृत्व, अध्यक्ष कम्रेड प्रचण्ड ।

आखिर देश त उहाँकै वरपर घुमेको छ । २०६४ देखि यहाँसम्म आइपुग्दा । शान्ति प्रक्रियादेखि यहाँसम्म आइपुग्दा । हरेक कालखण्डमा देशमा ठूला सङ्कट आउँदा पनि आखिर देशको समस्याको निकास दिने व्यक्ति भनेकाे अध्यक्ष कम्रेड प्रचण्ड र पार्टी भनेको माओवादी । प्रचण्ड यहाँको नभइ अन्यत्र जिल्लाको प्रतिनिधि हुँदा चितवनको अवस्था के थियो ? त्यो आकर्षण चितवनमा थिएन ।

अध्यक्ष कम्रेड चितवन जिल्लाबाट जब जनप्रतिनिधिको रूपमा आउनुभयो तब यो छोटो अवधिमा चितवनको चर्चा, परिचर्चा कस्तो छ ? राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा, सबै हिसावले ।

अहिले हरेक गतिविधि राजधानी काठमाण्डाैभन्दा पनि चितवन केन्द्रित छन् । विभिन्न पार्टीका सभा–सम्मेलन, मेला, प्रदर्शनी, किन भइरहेका छन् भन्दा जसरी देश उहाँकै वरपर घुमिरहेको छ, त्यसैगरी उहाँ यहाँबाट प्रतिनिधित्व गरेको कारणले गर्दा चितवन जिल्लाको महत्त्व बढेको छ । अर्को कुरा भरतपुर महानगरपालिकामा जुन ढङ्गले विकास भएको छ, विकासको चर्चा, परिचर्चाका कारणले पनि, वैकल्पिक राजधानीको रूपमा यो स्वतस्फूर्त बन्दै गइरहेको छ ।’

मेयर दाहालले आफ्नो साढे चार वर्षको कार्यकालमा जनताले सोचेको र जनतासँग वाचा गरेभन्दा धेरै काम गरेको दाबी गर्नुभयो । उहाँले चितवन जिल्ला अहिले दुग्ध उत्पादन, माछा, केरा खेती, कृषिको क्षेत्रमा आत्मनिर्भर रहेको बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि महानगरले उल्लेख्य काम गरेको र आउँदा दिनमा कृषि, शिक्षा, स्वास्थ्यको हब चितवन बनाउने दाबी गर्नुभयो ।

मेयर दाहालले शीर्षस्थ नेताहरू भएको ठाउँको विकास अलि चाँडै हुने गरेको र त्यसको प्रभाव चितवनमा पनि परेको बताउनुभयो । उहाँले शीर्षस्थ नेता चितवनको जनप्रतिनिधि भएकाले गर्दा अरबाैँ रुपैयाँकाे बजेटका योजना गर्न सफल भएको बताउनुभयो । यो खबर उज्यालो अनलाइन मा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय