बिहिबार , चैत्र १५, २०८०

नेपाली राजनिती,

राप्रपाका पूर्व अध्यक्ष कमल थापा नारायण हिटी भित्री रेस्टुरेन्ट संचालन गर्न खोजेर विवादमा आएको बतास अर्गनाइजेसनका संयोजक आनन्द बतासको बचाउमा उत्रिएका छन् ।

थापाले आफुले चिनेको आनन्दराज बतास सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अघि बढेको मान्छे भन्दै प्रशंसा गरेका छन् । बतासप्रति निकै नरम तरिकाले प्रस्तुत भएका थापाले अहिले बतासको चरित्र हत् या गर्ने काम भइरहको भन्दै आक्रोस पनि व्यक्त गरेका छन् ।

एकाबिहानै आफ्नो सामाजिक संजालमा स्टाटस लेख्दै थापाले बतासले गल्ती गरेको भए कानुनी कारबाही गर्न सकिने तर चरित्र हत्या गर्न नमिल्ने तर्क गरेका छन् । थापाले बतासलाई अध्यात्मिक व्यक्ति भन्दै प्रशंसा पनि गरेका छन्।

राप्रापाका पूर्व अध्यक्ष थापाले आफ्नो सामाजिक संजालमा बतास अर्जनाइजेसनका अध्यक्ष आनन्द बतासका बारेमा यस्तो लेखेका छन् । आनन्दराज बतास बिरुद्ध अहिले चौतर्फी ह’मला भैरहेको छ।

भित्री रहस्य थाहा छैन।मैले चिनेको बतास सामान्य अवस्थाबाट संघर्षगर्दै सफलतातर्फ अग्रसर एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार व्यक्ति हुन्।उनीबाट कानुन उल्लं’घन भएको छ भने कानुनी कारबाही गरिनुपर्छ।चरित्रह’त्या गरिनु ठिक होइन ।

बतासबाट कानुन उल्लंघन भएको कारबाही गरिनुपर्ने तर चरित्रहत्या गरिनु ठिक नभएको थापाले भनाइ छ । तर, थापाले आफूले पहिलेदेखि नै चिनेको बताएका छन् । राप्रपाका एक नेताका अनुसार थापा र बतासबीच हार्दिक सम्बन्ध छ । बतासले थापालाई आर्थिक सहयोगदेखि गाडीसमेत किनिदिएको राप्रपा स्रोतको भनाइ छ । जसकारण अहिलेसम्म कुनै पनि दलका नेता नबोल्दा बतासको बचाउमा थापा उत्रिएका हुन् ।

गत मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा समेत थापालाई बतासले आर्थिक सहयोग गरेको थियो । पशुपति क्षेत्रमा बतास समूहले बनाएको भवनमा थापाले सम्पर्क कार्यालय खोलेका थिए । भृकुटीमण्डपमा महाधिवेशन गरिने भएपछि पशुपति आउजाउमा सवारी जामसहितका समस्या हुने भएपछि थापाले आफ्नो सम्पर्क कार्यालय याक एन्ड यती होटेलमा बनाएका थिए । यसमा पनि बतास समूहले थापालाई आर्थिक सहयोग गरेको राप्रपाका एक नेताले न्युज कारखानालाई बताए ।

तर, बतास समूहको सहयोगबारे पूर्वअध्यक्ष थापाले केही खुलाएका छैनन् । खुलाउने कुरा पनि भएन । तर, उनले बतासलाई सामान्य अवस्थाबाट संघर्ष गर्दादेखि नै चिनेको बताएका छन् । यो खबर otv nepal मा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय