नेपाली राजनिती,
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली विच भेटघाट भएकै दिन प्रतिनिधीसभाका सभामुख अग्नी सापकोटाले अर्थपुर्ण अभिव्यक्ति दिएका छन् ।
ओली देउवा भेटमा सभामुख अग्नी सापकोटालाई कुनै पनि हालतमा पदमुक्त गर्नु पर्ने कुरा बेजोड रुपमा उठको बताइन्छ । ठिक त्यसै बेला सभामुख सापकोटाले भने बरु आफ्नो प्राण त्याग्न तयार रहेको तर देश र जनताको विपक्षमा कुनै काम नगर्ने अभिव्यक्ति दिएका छन् ।
गृहजिल्ला सिन्धुपाल्चोकको बलेफी पुगेका सभामुख सापकोटाले जनताको अपार विश्वास र मायाका कारण आफु सभामुख जस्तो गरिमामय पदमा पुगेको भन्दै जनताले गरेको विश्वास र भरोसालाई कुनै पनि हालतमा टुट्न नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
गृहजिल्ला सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडानम्बर २ मा शनिबार आयोजित मिलिजुली मातृशिशु बचत तथा ऋण सहकारीको कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै सभामुख सापकोटाले आफू प्राणको बाजी लगाउन तयार रहेको तर जनतालाई धोका नदिने बताए ।
आफ्नो निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा सभामुख सापकोटाले भने ‘तपाईंहरूको भोटले आज म सभामुखको जिम्मेवारीमा छु । राज्यका तीन अङ्गमध्ये एक अङ्गको प्रमुख बनाउनुभएको छ। तपाईंहरूको यो विश्वासलाई, ममाथिको भरोसालाई धोका दिने छैन, विश्वासघात गर्ने छैन । जनतालाई धोका दिनुभन्दा पहिला बरु म प्राणको बाजी लगाउन तयार छु । म तर जनतालाई धोका दिने छैन।’
सभामुख सापकोटाले राजनीतिक संकट, कोभिड १९ को संकट र जलवायु परिवर्तनका कारण निम्तिएको संकटका कारण सभामुख भएपछिको दुई वर्षमा भनेजस्तो काम गर्न नपाएको स्वीकार गरे ।
सभामुख सापकोटाले आफ्नै पालामा दुई-दुई पटक संसद विघटन भएर पुनर्स्थापना भएको स्मरण गर्दै राजनीतिक संकट भने क्रमशस् सुधारको बाटोमा रहेको दाबी गरे । यो खबर otv nepal मा छ ।