बुधबार , बैसाख १२, २०८१

हरेक मौसमले मानिसको जीवनमा नयाँ परिवर्तन लिएर आउने गर्छ । हरेक मौसमको आफ्नै विशेषता पनि हुन्छ । गर्मीपछि आउने बर्षा मौसमले शितलता प्रदान गर्छ । यो मौसममा पानीको एक छिट्टाले पनि बेग्लै किसिमको आनन्द प्रदान गर्छ । तर यो मौसममा चिसो र ओसिलोपन बढ्ने भएकोले रोगका किटाणु र ब्याक्टेरियाहरुपनि सल्बलाउन थाल्छन् ।

त्यसरी किटाणु र ब्याक्टेरियाहरु सल्बलाउन थालेपछि शरीरको विभिन्न भागहरुमा संक्रमण हुन थाल्छ । ती मध्ये वर्षा मौसममा आँखामा हुने संक्रमण जस्तै स्टाई, फंगल इन्फेक्सन, कन्जक्टिभाइटिस जस्ता धेरै समस्याहरु देखा पर्छन् ।

आँखा हाम्रो शरीरको अति नै सम्वेदनशील र महत्वपुर्ण अंग हो । त्यसैले वर्षायाममा हामीले आफ्नो आँखाको विशेष ध्यान दिन आवश्य हुन्छ । वर्षायाममा आँखामा के कस्ता समस्याहरु हुन्छन् र आँखालाई ती समस्याहरुबाट कसरी बचाउने बारेमा केहि जानकारीः

कन्जक्टिभाइटिस

कन्जक्टिभाइटिस हुँदा आँखाको कन्जक्टाइवा सुन्निन्छ । यो परेलाको म्युकस मेम्ब्रेनमा हुन्छ, जसले सबै भन्दा भित्रि पत्रलाई बनाउने काम गर्छ । आँखाबाट पानी जस्तो तरल पदार्थ निस्कन थाल्छ । आँखा सुन्निने, रातो हुने र चिलाउने जस्ता लक्षणहरु देखिन्छन् ।

कन्जक्टिभाइटिसको कारण फंगस अथवा भाइरसको संक्रमण हावामा समावेस भएको धुलो र मेकअप सामाग्रीहरुको प्रयोगले हुने गर्छ । कन्जक्टिभाइटिसबाट बच्नका लागि आफ्नो आँखा सधै सफा राख्नु पर्छ । दिनमा तीन-चार पटक चिसो पानीले आँखा पखाल्नु पर्छ । यसो गर्दा आँखा सफा हुनुको साथै रोगका किटाणुहरु पनि आँखामा बस्न पाउँदैनन् । रुमाल, टबेल जस्ता आफ्ना नीजि सामानहरुलाई साझा बनाउनु हुँदैन । सकेसम्म यो मौसममा स्विमिङ नगर्नु नै आँखाको स्वास्थका लागि हितकार मानिन्छ ।

कर्नियल अल्सर

आँखाको नानीभन्दा माथि जुन पातलो झिल्ली अथवा पत्र हुन्छ, त्यसलाई कर्निया भनिन्छ । आँखामा अल्सर ब्याक्टीरिया, फङ्गस अथवा भाइरसको संक्रमणको कारणले हुने गर्छ । आँखामा अल्सर भएमा आँखा धेरै दुख्छ, पिप निस्कन्छ र धमिलो देखिने जस्ता लक्षणहरु देखिन्छन् ।

आई स्टाई

आई स्टाईलाई सामान्य बोलचालको भाषामा आँखामा फोका आउनु पनि भनिन्छ । यो बर्षायाममा आँखामा देखिने प्रमुख समस्या हो । यो आँखाको परेलमा सानो फोकाको रुपमा देखिन्छ । यसले आँखाको परेला भएको ठाउँ सुन्निने र रातो बनाउने गर्छ । यो आँखालाई फोहोर हातले मिच्ने र नाक छुनासाथ तुरुन्त आखा चलाउनाले हुने गर्छ । किनभने केही ब्याक्टेरियाहरु, जुन नाकमा पाइन्छ त्यो आँखामा सर्दछ । त्यसले गर्दा आँखामा स्टाईस हुने कारण बन्दछ । बर्षायाममा हुने ब्याक्टेरियाको संक्रमण यसको प्रमुख कारण मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय