मंगलबार , बैसाख ११, २०८१

नेपाली राजनिती,

अर्घाखाँची –

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले एमाले अध्यक्ष ओलीलाई मदन भण्डारीसँग तुलना गर्नुभएको छ ।

एमाले अर्घाखाँचीको जिल्ला अधिवेशनको उद्घाटनमा सचिव रायमाझीले धेरै व्यक्तिहरूले एमालेको नेतृत्व गरेका भए पनि कि त मदन भण्डारीको चर्चा भएको र कि केपी ओलीको मात्र चर्चा भएको भन्दै केपी ओलीलाई मदन भण्डारीसँग तुलना गर्नुभएको हो ।

‘केपी ओली लामो समय जेल बस्नुभो,’ नेता रामाझीले भन्नुभयो, ‘पछि जेलबाट निस्किए पनि मुल नेतृत्वमा रहनुभएन । तर, चर्चा मदन भण्डारीको छ कि केपी ओलीकै छ ।’

नेता रायमाझीले प्रमुख प्रतिपक्षीका विरुद्ध आम गठबन्धन बन्नु सत्ताधारीको हारको उपज भएको बताउनुभयो । कांग्रेस महाधिवेशनमा समेत ओलीको पक्षमा नाराबाजी भएको भन्दै रायमाझीले एमालेविरुद्ध चौतर्फी घेरावन्दी भए पनि आफूहरू ठीक ठाउँमा रहेको दाबी गर्नुभयो ।

‘सत्तापक्षी पार्टीको अधिवेशन छ,’ नेता रायमाझीले भन्नुभयो, ‘तर चर्चा ओलीकै हुन्छ, भनेपछि देश एमालेकै वरिपरी घुमिरहेको छ ।’ यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय