शुक्रबार , चैत्र १६, २०८०

नेपाली राजनिती,

सप्तरी । नेकपा एमालेका सचिव रघुवीर महासेठले सरकार स्थिर भएर सही नेतृत्व नभएसम्म देश विकाश सम्भव नरहेको बताएका छन् ।

नेकपा एमाले सप्तरी ९औं जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासेठले ६० वर्षमा नेपालमा हुन नसकेको विकास एमालेले साढे तीन वर्षमा गरेको बताए । उनले भने, ‘सबै पार्टी चाहन्छ नेकपा एमालेले नेतृत्व नगरोस् । तर, अबको सरकार एमालेको हुनेछ ।’

प्रदेश २ को सहइन्चार्जसहेत रहेका पूर्वमन्त्री साहले सप्तरी जिल्ला ऐतिहासिक जिल्ला भएको बताए । सप्तरीलाई अगाडि बढाउन परिवर्तन जरुरी रहेको उनको भनाइ थियो ।

उनले एमाले देश बदल्ने ऐतिहासिक पार्टी रहेको धारणा व्यक्त गरेका थिए । एमालेको पोलिट ब्युरो सदस्य एवं राष्ट्रिय सभा सदस्य सुमन प्याकुरेलले मुलुकमा एमाले बाहेक कुनै पार्टी नरहने बताए ।

सप्तरीको तीनवटा निर्वाचन क्षेत्रमा कुनै पार्टीले एमालेलाई हराउन नसक्ने प्याकुरेलको दाबी थियो । एमाले नेतृ ज्वाला साहले,पाँच दलीय गठबन्धनको कठपुतली वर्तमान सरकारले जनताको अधिकार हनन गरिरहेको आ रोप लगाए । यता राष्ट्रिय प्रजातन्त्र पार्टीको काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामासहित उपाध्यक्ष,सचिव नेकपा एमालेमा प्रवेश गरेका छन् ।

१० औं जिल्ला अधिवेशनमा राप्रपा अध्यक्षसहित नव प्रवेशीहरुलाई एमाले केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपीशर्मा आलीले स्वागत गरेका थिए ।

राप्रपा जिल्ला उपाध्यक्ष एवं रोशी गाउँपालिका-१ बाट निर्वाचित वडा श्रीदाश लामा, जिल्ला सचिव रोशी गाउँपालिका-३बाट निर्वाचत वडा अध्यक्ष धनजित लामा एमाले प्रवेश गरेका हुन् । त्यसैगरी क्रान्तिकारी माओवादीबाट निर्वाचित रोशी गाउँपालिका-४ का वडाअध्यक्ष तेजबहादुर मगर पनि एमाले प्रवेश गरेका छन् ।

राप्रपा जिल्ला अध्यक्षसहित अधिकांश जिल्ला सदस्यहरु एमालेमा प्रवेश गरेको छन् । एमालेमा प्रवेश गरेकाहरुलाई अध्यक्ष ओलीले खादा लगाएर स्वागत गरेका थिए । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय