शुक्रबार , बैसाख ७, २०८१

नेपाली राजनिति,

काठमाण्डौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामासहित उपाध्यक्ष,सचिव नेकपा एमालेमा प्रवेश गरेका छन् ।

१० औं जिल्ला अधिवेशनमा राप्रपा अध्यक्षसहित नव प्रवेशीहरुलाई एमाले केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपीशर्मा आलीले स्वागत गरेका थिए ।

राप्रपा जिल्ला उपाध्यक्ष एवं रोशी गाउँपालिका-१ बाट निर्वाचित वडा श्रीदाश लामा, जिल्ला सचिव रोशी गाउँपालिका-३बाट निर्वाचत वडा अध्यक्ष धनजित लामा एमाले प्रवेश गरेका हुन् । त्यसैगरी क्रान्तिकारी माओवादीबाट निर्वाचित रोशी गाउँपालिका-४ का वडाअध्यक्ष तेजबहादुर मगर पनि एमाले प्रवेश गरेका छन् ।

राप्रपा जिल्ला अध्यक्षसहित अधिकांश जिल्ला सदस्यहरु एमालेमा प्रवेश गरेको छन् । एमालेमा प्रवेश गरेकाहरुलाई अध्यक्ष ओलीले खादा लगाएर स्वागत गरेका थिए । यो खबर साभार गरियको हो । यो पनि मालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सभाको चुनावमा एमाले एक्लै अन्य दलसँग भिड्ने बताएका छन् ।

विराट नगरमा प्रेस चौतारी मोरङले गरेको पत्रकार सम्मेलनमा गुरुङले प्रदेश १ र बागमती प्रदेशमा एमाले एक्लैले राष्ट्रिय सभाको निर्वाचन जित्ने समेत दाबी गरे ।

गुरुङले प्रदेश २ बाहेक सबै प्रदेशमा एमाले बलियो भए पनि पछिल्लो समय केही प्रदेश सांसद यताउता हुँदा केही प्रदेशमा अप्ठ्यारोजस्तो देखिएको बताए । बागमती र १ नम्बर प्रदेशमा सहजै राष्ट्रिय सभाको चुनाव जित्ने बताए ।

एमालेले १ नम्बर प्रदेशमा देवराज घिमिरे, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पालाई राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ । एमाले १ नम्बर प्रदेश कमिटीका अध्यक्ष तुलसीप्रसाद न्यौपानेका अनुसार घिमिरे र भण्डारी झापाका हुन् भने शेर्पाको जिल्ला सोलुखुम्बु हो ।

१ नम्बर प्रदेशमा महिला, अल्प संख्यक/अपाङ्ग र अन्यतर्फ ३ सदस्यका लागि निर्वाचन हुँदैछ । एमालेबाटै निर्वाचित भएका राष्ट्रिय सभा सदस्यमा महिला तर्फकी नैनकला ओझा, अल्पसं ख्यक/अपाङ्गतर्फ अगमप्रसाद बान्तवा राई र अन्य तर्फका पर्शुराम मेघी गुरुङको पदावधि सकिँदैछ ।

पत्रकार सम्मेलनमा एमसीसीबारे गठबन्धन भौतारिएको गुरुङले आरोप समेत लगाएका छन् । यो खबर दैनिक न्युज नेपालबाट र अन्नपुर्ण पोस्टबाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय