मंगलबार , बैसाख ११, २०८१

नेपाली राजनिती,

काठमाडौं !

नेकपा (एमाले) का अध्यक्ष कमरेड केपी शर्मा ओलीबाट पार्टीका ७७ वटै जिल्ला अधिवेशनहरूको अाज पुस २३ गते ११ बजे केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

एमालेको दशौ रास्ट्रीय महाधिवेशन पश्चात् अधिवेशन गर्न बाकी रहेका जिल्ला र प्रदेशका अधिवेशनहरु हुन लागेका हुन।

यसै अनुरुप अाज देशै भरिका जिल्लाहरुमा एकैसाथ अधिवेशनको सुरुवात हुँदैछ। साभार खबर। नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कमिटीका पूर्व सदस्य तथा २०६४ सालको संविधान सभामा हुम्लाबाट प्रति निधित्व गर्ने सभासद् छिमी दोर्ची लामा नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

माओवादीको केन्द्रीय कमिटीमा नअटाए पछि असन्तुष्ट बनेका लामा सहितका नेता कार्यकर्तालाई बुधबार बाल कोटमा अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए ।

प्रवेश गर्नेमा माओवादीका कर्णाली प्रदेश कमिटीका ६ जना सदस्य, जिल्ला कमिटीका ३७ जना सदस्य, जन संगठनका ४ जना केन्द्रीय सदस्य लगायत रहेको बताइएको छ । उनी हरूलाई स्वागत गर्दै अध्यक्ष ओलीले एमाले रोजेर समयमै सही निर्णय गरेको भन्दै नव प्रवेशी नेताहरूलाई धन्यवाद दिएका थिए ।

उनले भने, ‘प्रचण्ड समूह कम्युनिस्ट आन्दो लन समाप्त पार्न कसम खाएर लागेको छ । हेर्दै जानुहोला, त्यसको हालत कुनै बेलाको पेरुको साइनिङ पाथको जस्तो हुनेछ ।

उक्त अवसरमा पार्टीका महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज गोरखबहादुर बोगटी, केन्द्रीय कमिटी सदस्य तथा जिल्ला सहइन्चार्जद्वय दल रावल र दल फडेरालगायतका नेताहरूको उपस्थिति थियो । यो खबर रातोपाटीमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय