नेपाली राजनिती,
काठमाडौं, २१ पुष । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको भूमिकको प्रशांस गरेका छन् ।
उनले ओली प्रधानमन्त्री भएर अशान्त नेपाललाई शान्त बनाउन भूमिका खेलेको स्मरण गराएका छन् ।
महासचिव पोखरेलले सामाजिक सञ्जाल फेशबुकमार्फत यस्तो लेखेका छन् । उनले लेखेका छन्–‘केपी ओली प्रधानमन्त्री भएर अशान्त नेपाललाई शान्त बनाउन भुमिका खेल्नु भो । पाँचदलिय गठवन्धन सरकारले शान्त नेपाललाई अशान्त बनाउदैछ । यता नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटाले आगामी निर्वाचनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) पत्तासाफ हुने बताउनुभएको छ ।
अनेरास्ववियू काभ्रेको २९औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बाँस्कोटाले माओवादी केन्द्र खास साइजमा आउने बताउनुभयो ।आगामी निर्वाचनमा जनताले माओवादी केन्द्रलाई ३ देखि ५ सिटमा सीमित गरिदिएपछि प्रचण्डको पार्टी कोल्याप्स हुने बाँस्कोटाको दाबी छ ।
‘निर्वाचनपछि तीनदेखि पाँच सिटमा सीमित गरेर जनताले खास साइजमा ल्याउँछन्,’ उहाँले भन्नुभयो, ‘त्यसपछि प्रचण्डको पार्टी कोल्याप्स हुन्छ ।’प्रचण्डको पार्टी कोल्याप्स भएपछि मात्रै कम्युनिष्ट आन्दोलन शुद्धिकरण हुने र विकास निर्माणले गति प्राप्त गर्ने उहाँको तर्क छ ।
पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा तीव्र विकास गरेबापत प्रतिगामीको बिल्ला भिर्नुपरेको गुनासो गर्नुभयो । यो खबर इमेज खबर