शुक्रबार , चैत्र १६, २०८०

नेपाली राजनिती,

एजेन्सी – दक्षिण कोरियाका तानाशाह किम जोङ उन साविक भन्दा ‘दुब्लो’ देखिएका छन् ।

कोरियाली समाचार संस्था (केसीएनए) ले यसै साता सार्वजनिक गरेको तस्विरमा किम पहिलोको तुलनामा दुब्ला देखिएका हुन् ।

नाटकीय ढंगले उनको घट्दो तौललाई उनको स्वास्थ्यसँग पनि जोडिएको छ । तर, उनलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या नभएको उत्तर कोरियाली सञ्चार माध्यमहरुले दाबी गर्दै आएका छन् ।

किमको ‘फिगर’ अहिले सुन्दर देखिएको र उनले ‘देश र जनताका लागि थोरै खान थालेको’ केसीएनएले दाबी गरेको छ ।नयाँ वर्षको अवसरमा वर्कस पार्टीको नीति घोषणा गर्ने क्रममा उनको तस्विर सार्वजनिक भएको थियो । पार्टीको केन्द्रीय कमिटीको वैठकमा किम सार्वजनिक रुपमा देखिएका थिए

को भिड लक डाउन, आणविक कार्यक्रमलाई लिएर प्योङयाङमाथि अन्तर्राष्ट्रिय समुदायको प्रतिबन्धका कारण निम्तिएको शृंखलाबद्ध आर्थिक संकटबीच पार्टी वैठक आयोजना गरिएको थियो ।

राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अनुसार यस वर्ष मात्र उत्तर कोरियामा आठ लाख ६० हजार टन खाद्यन्न अभाव छ । पार्टीले अभावसँग जुध्न सर्वसाधारणलाई आफै उत्पादन गर्न निर्देशन दिएको छ । चीनसँगको सीमा नखोल्ने बेलासम्म सरकारले यसै अक्टोबरमा सर्वसाधरणलाई थोरै खान उर्दी जारी गरेको थियो । यो खबर अोएस नेपालमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय