आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

नेपाली राजनिती,

काठमाडौं !

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आज बॉकेको नरैना पुरमा आयोजित सभामा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रामकुमार दीक्षितको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गर्नुहुने २ हजार भन्दा बढी नेता-कार्यकर्ताहरूलाई स्वागत गर्नुभएको छ ।

उक्त कार्यक्रममा महासचिव पोखरेलका साथै केन्द्रीय कमिटी सदस्य बाके जिल्ला इन्चार्ज सूर्य ढकाल, सहइन्चार्जहरू मोहम्मद हारुन, शान्ति ढकाल, दीपा शर्मा, पशुपतिदयाल मिश्र, जिल्ला अध्यक्ष निरक गुरुङ, सचिव रत्न खत्री लगायत हुनुहुन्थ्यो।

नवप्रवेशीका तर्फबाट रामकुमार दीक्षितलगायतले बोल्नुभएको थियो । उहाँहरुले आफुहरु एमालेमा समाहित हुन पाएकोमा गौरवान्वित भएको प्रतिक्रिया दिनुभयो र आगामी निर्वाचनबाट एमालेलाई पुनः बहुमत दिलाउने बताउनु भयो। सभ्या खबरबाट साभार । यो पनि पढनुस, नेकपा (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष मेटमणी चौधरीले एमाले पार्टी स’माप्त हुने प्रक्रिया सुरु भएको बताउनुभयो ।

दैनिक जसो एमाले नेता कार्यकर्ताहरु पार्टी छोडिरहेको भन्दै अबको केही समय मै एमाले समाप्त भएर जाने ठोकुवा गर्नुभयो ।

कपिलवस्तुको शिवराज नगर कमिटीले आयोजना गरेको पाटी प्रवेश कार्यक्रममा बोल्दै नेता चौधरीले मुलुकको नेतृत्व अब एकीकृत समाजवादीले मात्र गर्न सक्ने बताउनुभयो ।देशमा रहेका कम्युनिस्टहरूको नेतृत्व एकीकृत समाजवादीले गर्ने भन्दै अब कुनै शङ्का नगर्न आग्रह गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य समेत रहनुभएको चौधरीले एमालेका कुशल कार्यकर्ताहरुलाई ओलीको दा’ष भएर बस्न नहुने भन्दै समाजवादीमा आउन आग्रह गर्नुभयो ।देशका तीन वटा प्रदेशको नेतृत्व समाजवादीले गरिरहेको भन्दै निर्वाचन पश्चात् ठुलो दल बन्ने दा’बी गर्नुभयो ।

कपिलवस्तुका जिल्ला इन्चार्ज क्षेत्र बहादुर खत्रीले कपिलवस्तुमा एकीकृत समाजवादीलाई बलियो बनाउन सबै कार्यकर्ताहरु लाग्नुपर्ने बताउनुभयो ।जिल्लाका सबै पालिकाहरू तथा वडाहरू पनि कमिटी विस्तार गरेको भन्दै अब निर्वाचन लक्षित कामहरू गर्नुपर्नेमा जोड दिनुभयो ।

एकीकृत समाजवादीका दाङ जिल्ला अध्यक्ष सुरामणी बेल्वासेले असल इमान्दार नेता कार्यक्रताहरु एकीकृत समाजवादीमा प्रवेश गरेको बताउनुभयो ।एमालेमा लामो संघर्ष र पार्टी निर्माणमा महत्वपूर्ण योगदा’न गरेका नेताहरूले एकीकृत समाजवादी पार्टीको नेतृत्व गरेकाले अबको केही महिनामा शक्तिशाली पार्टी हुने जिकिर गर्नुभयो ।

पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सदस्य जीत बहादुर रावत, शिवराजका प्रभावशाली नेता जगतमान केसी, नेपाली काँग्रेसका युवा नेता डिलाराम भुसाल, शिवराज १० का स्वतन्त्र वडा

सदस्य नैनामति चमार लगायत १ सय ५० जना एकीकृत समाजवादीमा प्रवेश गरेको नगर कमिटी अध्यक्ष सरोज पौडेलले बताउनुभयो । कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रिय सदस्य मीना परियार, प्रदेश सदस्य एमवि हसन, जिवलाल पौडेल लगाएतको सहभागिता रहेको थियो । सम्पुर्ण खबरबाट साभार गरियको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय