मंगलबार , चैत्र ६, २०८०

नेपाली राजनिती,

महेन्द्रनगर ।

माओवादी केन्द्र र नेपाली कांग्रेसका ५० जना भन्दा बढी नेता–कार्यकर्ता आइतवार नेकपा एमालेमा प्रबेश गरेका छन् ।

शुक्लाफाँटामा आयोजित कार्यक्रममा नव प्रबेशीहरुलाई एमाले सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, केन्द्रीय सदस्यद्धय नरबहादुर धामी र कृपाराम रानालगायतले स्वागत गरे ।

शुक्लाफाँटा नगरपालिका–६ का खडकसिंह साउँदसहित माओवादीका ३२ जना कार्यकर्ता एमाले प्रबेश गरेका हुन् । साउद सहीद परिवारका सदस्य हुन् । ‘जनयुद्ध’ मा उनले आफ्नो छोरा गुमाएका थिए ।

अखिल नेपाल शिक्षक संघका पूर्व केन्द्रीय सदस्यसमेत रहेका साउँदले माओवादीमा व्यक्तिगत स्वार्थ हाबी भएको र बिगतमा पार्टीका लागि ठूलो योगदान गरेका व्यक्तिहरुको अबमूल्यन भएपछि पार्टी छाडेको बताए ।

यस्तै कांग्रेसको शुक्लाफाँटा नगरपालिका–६ का तरुण दल सभापति चक्र साउद, शिक्षक संघका केन्द्रीय महाधिवेशन प्रतिनिधि नव उपाध्यायलगायत पनि एमाले प्रबेश गरेका छन् ।

एमाले कञ्चनपुरका उपसचिव रणबहादुर महराका अनुसार माओवादी र कांग्रेसका बिभिन्न समितिमा बसेर सक्रिय राजनीति गरिरहेका नेता–कार्यकर्ताहरु स्वस्फूर्त रुपमा प्रबेश गरेका हुन् । बढिमालीकाबाट साभार खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय