बुधबार , भाद्र १, २०७९

नेपाली राजनिती,

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

अर्घाखाँचीको पाणिनी गाउँपालिका उपाध्यक्ष सहित करिब २०० जना एमाले र माओवादी छाडेर कांग्रेस प्रवेश गरेको छन् ।

एमालेबाट उपाध्यक्षमा निर्वाचित गौतम सोमबार दुर्गाफाँटमा आयोजित एक कार्यक्रमका बीच कांग्रेस प्रवेश गरेकी हुन् ।

उनलाई कांग्रेस महामन्त्री गगन थापाले पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा अन्य पार्टीका नेता कार्यकर्ता पनि प्रवेश गरेको अर्घाखाँची कांग्रेसले जनाएको छ ।गौतमसहित करिब २०० जना एमाले र माओवादी छाडेर कांग्रेस प्रवेश गरेको कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले बताए ।

लामो समय एमालेको राजनीतिमा सक्रिय सही जिल्ला सदस्यसमेत भएकी लक्ष्मी गौतम स्थानीय तहको निर्वाचनमा शिक्षकबाट राजीनामा दिएर एमालेबाट गाउँपालिका उपाध्यक्षमा विजयी भएकी हुन् ।गाउँपालिका अध्यक्षमा कांग्रेसका अच्युत गौतम र उपाध्यक्षमा लक्ष्मी विजयी भएका थिए ।

‘मेरो विगतको पृष्ठभूमि एमाले भए पनि कम्युनिस्ट पार्टीमा विचलन आएकाले म कांग्रेसमा प्रवेश गरेकी हुँ,’ उनले भनिन् । यो पनि पढनुस, नेकपा (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष मेटमणी चौधरीले एमाले पार्टी स’माप्त हुने प्रक्रिया सुरु भएको बताउनुभयो ।

दैनिक जसो एमाले नेता कार्यकर्ताहरु पार्टी छोडिरहेको भन्दै अबको केही समय मै एमाले समाप्त भएर जाने ठोकुवा गर्नुभयो ।

कपिलवस्तुको शिवराज नगर कमिटीले आयोजना गरेको पाटी प्रवेश कार्यक्रममा बोल्दै नेता चौधरीले मुलुकको नेतृत्व अब एकीकृत समाजवादीले मात्र गर्न सक्ने बताउनुभयो ।देशमा रहेका कम्युनिस्टहरूको नेतृत्व एकीकृत समाजवादीले गर्ने भन्दै अब कुनै शङ्का नगर्न आग्रह गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य समेत रहनुभएको चौधरीले एमालेका कुशल कार्यकर्ताहरुलाई ओलीको दा’ष भएर बस्न नहुने भन्दै समाजवादीमा आउन आग्रह गर्नुभयो ।देशका तीन वटा प्रदेशको नेतृत्व समाजवादीले गरिरहेको भन्दै निर्वाचन पश्चात् ठुलो दल बन्ने दा’बी गर्नुभयो ।

कपिलवस्तुका जिल्ला इन्चार्ज क्षेत्र बहादुर खत्रीले कपिलवस्तुमा एकीकृत समाजवादीलाई बलियो बनाउन सबै कार्यकर्ताहरु लाग्नुपर्ने बताउनुभयो ।जिल्लाका सबै पालिकाहरू तथा वडाहरू पनि कमिटी विस्तार गरेको भन्दै अब निर्वाचन लक्षित कामहरू गर्नुपर्नेमा जोड दिनुभयो ।

एकीकृत समाजवादीका दाङ जिल्ला अध्यक्ष सुरामणी बेल्वासेले असल इमान्दार नेता कार्यक्रताहरु एकीकृत समाजवादीमा प्रवेश गरेको बताउनुभयो ।एमालेमा लामो संघर्ष र पार्टी निर्माणमा महत्वपूर्ण योगदा’न गरेका नेताहरूले एकीकृत समाजवादी पार्टीको नेतृत्व गरेकाले अबको केही महिनामा शक्तिशाली पार्टी हुने जिकिर गर्नुभयो ।

पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सदस्य जीत बहादुर रावत, शिवराजका प्रभावशाली नेता जगतमान केसी, नेपाली काँग्रेसका युवा नेता डिलाराम भुसाल, शिवराज १० का स्वतन्त्र वडा

सदस्य नैनामति चमार लगायत १ सय ५० जना एकीकृत समाजवादीमा प्रवेश गरेको नगर कमिटी अध्यक्ष सरोज पौडेलले बताउनुभयो । कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रिय सदस्य मीना परियार, प्रदेश सदस्य एमवि हसन, जिवलाल पौडेल लगाएतको सहभागिता रहेको थियो । सम्पुर्ण खबरबाट साभार गरियको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय