सोमबार , माघ १०, २०७८

नेपाली राजनिती,

प्यूठानको सरूमारानीमा कांग्रेस र माओवादीका १२९ जना एमाले प्रवेश गरेका छन् ।

आइतबार सरूमारानी गाउँपालिका-६ किमिचौर, प्यूठानमा आयोजित पार्टी प्रवेश तथा वडा जनसभा कार्यक्रममा पाङकोट, पाङवाङ, रज्जे, गोद्धारा, जुकेपानीलगायत गाउँबाट १२९ जना माओवादी केन्द्र र एक जना नेपाली काँङग्रेसका कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

नव प्रवेसीहरुलाई एमालेका स्थायी कमिटी सदस्य मणिचन्द्र थापा, पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज सूर्य थापा, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज हरि रिजाल र पार्टी जिल्ला अध्यक्ष तुल्सीराम शर्माले स्वागत गर्नुभएको थियो ।

एमाले प्रति जनताको आकर्षण बढ्दै गएको र सिंगो जिल्लाभरमै प्रवेशको कार्यक्रमलाई तिब्रता दिईने योजना रहेको नेताहरुले बताएका छन् । एमालेको देशव्यापी पार्टी प्रवेशको कार्यक्रम चलिरहेको छ । कास्की मिडियाबाट यस्तै यता नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मूर्तिलाई नढोग्नेहरूले ‘आई लभ यू केपी बा’ भनिरहेको बताएका छन्।

आइतबार सुनसरीको इटहरीमा आयोजित अनेरास्ववियू प्रदेश १ को अधिवेशन उद्घा’टन गर्दै अध्यक्ष नेपालले मूर्तिलाई नढोग्नेहरूले आई लभ यू केपी बा भनिरहेको बताएका हुन्।

उनले व्यक्तिको देवत्वकरण भइसकेपछि त्यो व्यक्तिले आफूलाई देवता ठान्ने भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि दम्भ र नि’रंकुशताको प्रवृत्ति देखाएको आ’रो’प लगाए।

उनले भने, ‘आई लभ यू केपी बा, मूर्तिलाई नढोग्नेहरू आई लभ यू केपी बा, व्यक्तिको देवत्वकरण भइसकेपछि यो व्यक्तिले आफूलाई देवता ठान्दछ। देवताको अवतार। त्यो घ’मण्डले चु’र हुन्छ।

आजको व्यवहारले त्यो कुरा पुष्टि गरेको छ। दम्भी मान्छे, निरंकुश चरित्रको मान्छे, कुनै पार्टीमा नेता भइसकेपछि पार्टी पूरै कब्जामा लिन्छ। पार्टीमा गइसकेपछि त्यो पार्टी गुटमा परिणत भयो। केपीका हनुमानहरू मात्रै बस्ने स्थिति भयो। केपीका भजनमण्डलीको मात्रै त्यहाँ ठाउँ रह्यो। स्वतन्त्र चिन्तनहरू, आफ्नो विचार, धा’राणा राख्न चाहनेहरू, पार्टीको भलाइ सोच्नेहरूको त्यहाँ कुनै मूल्य रहेन।’

ओली कुरा सुन्ने खालका मान्छे नै नभएको भन्दै नेपालले भने, ‘जस्तो मान्छेको कुरा नसुन्ने मान्छेले तपाइहरूको कुरा सुन्ला ? महासचिव भएर १५ वर्षसम्म पार्टी हाँके, मेरो मातहतमा बसे केपी ओली,

मेरो कुरा त उनले टेरेनन् भने अरुको कुरा कसरी सुनुन्। बैठक बोलाइदिनुहोस्, भन्ने निवेदन लिएर जाँदा उनले निवेदनमा तोक लगाइदिन्छु भने। निवेदनमा तोक लाग्छ, यो सरकारी काम हो?’ यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय