नेपाली राजनिती,

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको नेतृत्वमा रहेको कम्युनिष्ट सरकारलाई ढालेर अर्को दलको नेतृत्वमा सरकार बनाउनेले मुलुकमा समाजवाद ल्याउन नसक्ने टिप्पणी गरेका छन् ।

अंग्रेजी नयाँ वर्ष सन् २०२२ का अवसरमा एमालेनि’कट प्रवासी नेपाली मञ्च,

अन्तर्राष्ट्रिय कमिटीले गएराति भर्चुअल माध्यमबाट आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले स्थिरता र सुशासन नचाहने तत्वले एमालेको सरकार ढा’लेको आ’रो’प लगाए ।

नयाँ वर्षमा नयाँ जनतमतका साथ एमालेले समृद्धिका बाँकी कार्यभार पूरा गर्ने जनाउँदै सो कार्यमा निरन्तर सघाउन उनले प्रवासी नेपालीलाई आग्रह गरे ।

कार्यक्रममा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गराउन प्रवासी नेपालीको साथ रहने विश्वास जनाए । यो खबर सम्पुर्ण खबर बाट साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय