बिहिबार , चैत्र १५, २०८०

नेपाली राजनिती,

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पौष २७ गते सार्वजनिक बिदा दिन माग गरेको छ। राप्रपाले २७ पुसमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन माग गरेको हो।

उक्त दिनलाई पर्वको रूपमा मनाउन पनि राप्रपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट गरी ज्ञापनपत्र बुझाएको नेता मोहन श्रेष्ठले जानकारी दिए ।

यो पनि, माओवादीका तीन आयोगको प्रमुख छानिए – नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनमा आज विभिन्न तीन आयोगको प्रमुख चयन गरिएको छ । महाधिवशेन सुरु भएको आठौँ दिनको बन्दसत्रमा अध्यक्षमण्डलका सदस्य गणेश शाहले तीन वटा आयोगका प्रमुख चयनका लागि बन्दसत्र हलमा प्रस्तुत गर्नुभएको थियो ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताको उपस्थितिमा अध्यक्ष मण्डलका सदस्य शाहले लेखा, निर्वाचन, अनुशासन आयोगका सदस्यको नाम प्रस्तुत गर्नुभएको हो । अध्यक्ष मण्डलका तर्फबाट प्रस्तुत भएका ती आयोगका प्रमुख र सदस्यको नाम ध्वनीमतका आधारमा स्वीकृत भएको हो ।

निर्वाचनमा विष्णुपुकार श्रेष्ठलाई निरन्तरता दिइएको छ । अनुशासनमा टङ्क राई र लेखा आयोगका पेशल खतिवडाको नाम अनुमोदन गरिएको छ । तीनवटै आयोगमा २५÷२५ सदस्यीय रहने माओवादीको विधानमा व्यवस्था छ । आयोगका सदस्यलाई केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन पाउने व्यवस्था छ । आजको बन्दसत्रले आर्थिक प्रतिवेदनलाई पारित गरेको छ । हाल बन्दसत्रको कार्यक्रम जारी छ । साभार गरियको खबर।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय