बिहिबार , चैत्र १५, २०८०

नेपाली राजनिती,

फिदिम : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा राष्ट्रपतीय प्रणाली आवश्यक भएको बताएका छन् ।

पाँचथरको यासोकमा जसपाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै भट्टराईले स्थायीत्वका लागि राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदीय व्यवस्था हुनुपर्ने बताएका हुन् ।

‘स्थायीत्वको नारा दिएर तत्कालिन नेकपाले दुई तिहाइको सरकार चलायो,’ भट्टराईले भने, ‘पूरा कार्याकाल सरकार नचलाउँदै सरकार मात्र ढलेन, नेकपा नै टुक्रियो । अस्थित’रताको अत्यका लागि पूर्ण समानुपातिक संसदीय व्यवस्था र राष्ट्रपतीय प्रणालीमा जान आवश्यक छ ।’

आफूले अवसर पाए संविधान संशोधन गरेर उक्त काम गर्ने भट्टराईको तर्क छ । सम्बोधनकै क्रममा भट्टराईले संघीयतालाई वैज्ञानिक ढंगले कार्यान्वयन गर्नुपर्ने बताए ।

नेपालमा गलत ढगले संघीयता कार्यान्वयन भएकाले देशमा संकट आएको भट्टराई’को ठम्याइ छ । ‘नेपालमा गलत ढंगले संघीयताको कार्यान्वयन भइरहेको छ,’भट्टराईले भने, ‘कार्यान्वयनको शैली परिवर्तन नभए मुलुकमा ठूलो सं’कट आइलाग्नेछ ।’

उनले वैज्ञानिक ढंगले कार्यान्वयन गरिएको संघीयताले मात्र जनजातीहरुको उत्थान गर्न सक्ने बताए । लिम्बूहरुले लिम्बुवानको मात्र कुरा नगरेर सम्पूर्ण जनजाती र उत्पीडित वर्गहरुका लागि संघर्ष गर्नुपर्ने उनको भनाइ छ ।

‘लिम्बुवानमा उभिएर मैले बोल्नैपछ कि लिम्बूहरुले सम्पूर्ण जनजातीहरुको पक्षमा संघर्ष गर्न जरुरी छ,’ उनले भने । प्रतिगामी शक्तिहरुले आफूलाई बौलाहा भएको प्रसंग निकाल्दै भट्टराईले देशमा सकारात्मक परिवर्तनका लागि सचेत नेपालीहरु बौलाउनुपर्ने उल्लेख गरे ।

‘परिवर्तनका लागि विद्वानहरु बौलाउन जरुरी छ,’ उनले भने, ‘परिवर्तका लागि पहिले पनि बौलाएर क्रान्तिको बिगुल फुकेकै हो, म फेरि एकपटक परिवर्तनका लागि बौलाएको छु।’

परिवर्तन र विकासका लागि जसपा निर्माण गरिएको उनको भनाइ थियो । जसपा पुरानो सोच र सिद्धान्त बोकोको पार्टी नभएर नयाँ सोच, दृष्टिकोण र सिद्धान्त बोकेको पार्टी भएको भट्टराईको दावी छ ।

मुलुकलाई समृद्ध बनाउने अवसर पाएका पार्टी र तिनका नेताहरुले केही गर्न नसकेपछि राष्ट्रियताको हौवा फैलाएको भट्टराईको आरोप छ। ‘तपाईंहरुकै क्षेत्रका एक नेताले दुई तिहाइको सरकार चलाउने मौका पाए,

‘ पूर्वप्रधानमन्त्रीसमते रहेका एमाले अध्यक्ष केपी ओलीप्रति इंगित गर्दै भट्टराईले भने, ‘देश बनाउन त परै जाओस्, आफ्नै पार्टीलाई सम्हाल्न नसकेर तहसनहस बनाएका उनैले अहिले राष्ट्रियताको चर्को कुरा गरिरहेका छन् ।’ आफ्ना बदमासी लुकाउन राष्ट्रियता खतरामा छ भन्दै कराएर जनतालाई भ्रममा पारेको भट्टराईको तर्क छ ।

कार्यक्रमको अवसरमा भट्टराईले कुम्मायक गाउँपालिका ४ का अध्यक्ष देबेन्द्र लावतीसहित दर्जनौंलाई पार्टी प्रवेश गराएका थिए। उक्त कार्यक्रमलाई जसपाका केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङ, राणध्वज कन्दङवा, केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जयराम यादव, लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमलगायत आधा दर्जन बढी नेताहरुले सम्बोधन गरेका थिए । अन्नपुर् पोस्टबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय