भिडियो हेर्नुस,

काठमाडौं । नेकपा माओवादीको महाधिवेशनमा अहिले राजनीतिक प्रतिवेदन माथिको छलफल सकिएको छ ।

प्रचण्डले आफ्नो राजनीतिक प्रस्ताव माथि उठेका प्रश्नको जवाफ दिइरहेका छन् । महाधिवेशनमा विविध विषयमा छलफल भएको छ ।

यसैबीच नेकपा माओवादी केन्द्रका सदस्यहरुले सप्ताह पुराण लगाउन र सामाजिक सञ्जालमा रिप (रेस्ट इन द पीस) लेख्न नपाउने भएका छन् ।

महाधिवेशनमा अनुशासन आयोगका अध्यक्ष टंक राईले आफ्नो भनाई राख्दै यस्तो बताएका हुन् । रिप शब्द क्रिश्चियनहरुले प्रयोग गर्ने शब्द भएकाले कम्युनिष्टहरुले प्रयोग गर्नु कारवाहीको विषय हुने उनको भनाई छ ।

साथै धर्मलाईअ फि मभन्ने माओवादीले सप्ताह पुराण लगाउनु पनि कारवाहीको विषय भएको उनको भनाई छ । नेता राइले भने, ‘कम्युनिस्ट पार्टीको सदस्यले सप्ताह पुराण लगाउनु हुँदैन ।’

सामान्यतया कसैको निधन भएमा सामाजिक सञ्जालमा प्रायले रिप लेख्ने चलन छ । जसको पुरा अर्थ (रेस्ट इन द पीस) हो । तर अब कसैको मृ त्यु भएमा आरआईपी अर्थात रेस्ट इन द पीस वा स्व’र्गबास होस् भनेर लेख्न नपाइने समेत उनले बताए । रेस्ट इन द पीस भनेको क्रिष्टियनहरुले लेख्ने भन्दै उनले भने, ‘कम्युनिस्टहरुले हार्दिक श्रद्धाञ्जली लेख्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय