बुधबार , बैसाख १२, २०८१

नेपाली राजनिती,

उत्तर कोरियाका शासक किम जोङ उन अचम्मका नियम र ती लागू गराउनका लागि परिचित छन् ।

किम जोङ उनले केही दिन अघि ११ दिनका लागि मानिसलाई हाँस्न, रुन, सपिङ गर्न र रक्सी पिउन प्रतिबन्ध लगाएका थिए । उनका पिता किम जोङ इलको १० औं पुण्य तिथिका कारण यस्तो प्रतिबन्ध लगाएका थिए ।

हालै उत्तर कोरियाली नेता किम जोङ उन आफ्नो पार्टी कार्यक्रममा देखिए । यसमा उनी निकै पातलो देखिए र उनको तौल निकै घटेको स्पष्ट देख्न सकिन्छ ।

उत्तर कोरियाको कोरियन सेन्ट्रल न्यूज एजेन्सीले यो फोटो २८ डिसेम्बर, २०२१ मा जारी गरिएको हो । जसमा किम जोङ उन रुलिङ वर्कर्स पार्टीको सेन्ट्रल कमिटी मिटिङका बेला निकै पातलो देखिएका छन् ।

यो फोटोमा उनी दुब्लो त देखिएका छन् नै उनको अनुहार पनि फेरिएको छ ।

उत्तर कोरियाका सरकारी अधिकारीका अनुसार किम जोङ उन देशमा खानाको कमीका कारण कम खाइरहेका छन् । किमले स्थिति सामान्य नभएसम्म नागरिकलाई कम खान अपिलसमेत गरेका थिए ।

अधिकारीका अनुसार किम पूर्ण रुपमा स्वस्थ छन् । उनी धेरै समयसम्म सार्वजनिक नभएपछि उनीबारे विभिन्न अड्कलबाजी गरिएका थिए । तर जब उनी पार्टी छलफलमा देखिन थाले तब सबै दाबी गलत साबित भएका थिए ।

भोकमरीसँग जुधिरहेको छ उत्तर कोरियाः उत्तर कोरियाको प्याङ्याङमा जुन बैठक आयोजना भयो त्यसबारे भनिएको छ, ‘यो बैठक सन् २०२१ का लागि मुख्य पार्टी र राज्यका नीतिको कामको समिक्षा गर्नका लागि राखिएको हो ।’

अक्टोबरमा किमले भनेका थिए, ‘जबसम्म देश सन् २०२५ मा चीनसँग आफ्नो सीमा पुनः खोल्दैन् तबसम्म मेरा जनताले कम खाना खानुपर्छ । ’संयुक्त राष्ट्रको खाद्य र कृषि संगठनकोे अनुसार यस वर्ष उत्तर कोरियामा लगभग ८,६०,००० टन खानाको कमी छ ।


यो खबर रातोपाटीमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय