बिहिबार , बैसाख १३, २०८१

नेपाली राजनिती,

युक्रेनसँगको बढ्दो तनावका बीच रुसी राष्ट्रपति भ्लादमिर पुटिन र अमेरिकी राष्ट्रपति जो वाइडेनबीच टेलिफोनमा कुराकानी भएको छ ।

दुई नेताबीच बिहीबार टेलिफोनमा कुराकानी भएको समाचार एज्न्सी एएफपीले जनाएको छ ।

राष्ट्रपति पुटिनले वाइडेनसँग दुई देशबीच सकारात्मक वार्तालापबारे आफू पूर्ण विश्वस्त रहेको बताए । यस महिनामा दोस्रोपटक पुटिन र वाइडेनबीच कुराकानी भएको हो ।

क्रेमलिनको तर्फबाट जारी गरिएको विज्ञप्तिमा कुराकानीको पहल पुटिनेले गरेको उल्लेख गरिएको छ । यसअघि नै ह्वाइट हाउसका एक अधिकारीले दुई देशका बीचमा सुरक्षा र युरोपको स्थितिबारे छलफल हुने जनाएको बीबीसीले जनाएको छ ।

यो पनि, अर्गनाइज्ड क्राइम एण्ड रिपोर्टिङ्ग प्रोजेक्ट (ओसीसीआरपी) ले बेलारूसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेकोलाई वर्ष २०२१ को सबैभन्दा भ्रष्ट व्यक्ति चयन गरेको छ । चार अन्य फाइनलिस्टमा अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ घनी, सीरियाका राष्ट्रपति बशर अल असद, तुर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआन र अस्ट्रियाका पूर्व चान्सलर सेबेस्टियन कर्ज शामिल थिए ।

सीसीआरपीका अनुसार सबैभन्दा भ्रष्ट व्यक्तिको रेसमा अन्तिममा एलेक्जेन्डर लुकाशेको चुनिएका हुन् । संस्थाका अनुसार छ पत्रकार र जानकारहरुको एक प्यानलले यो फैसला गरेको हो र लुकाशेकोको नाम सर्वसम्मतिले चुनिएको हो ।

संस्थाका अनुसार लुकाशेकोमाथि आफ्ना नजिकका मानिसलाई सरकारी पैसा दिएको आरोप लगाएको छ । उनीमाथि हजारौं शरणार्थिलाई भड्काएर यूरोपेली संघका साथ सीमा संकट उत्पन्न गराएको आरोप लगाइएको छ । लुकाशेको माथि कोविडको फर्जी उपचार र त्यस बारेमा गलत सूचनाना फैलाएको आरोप लगाइएको छ । ताजा खबर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय