शुक्रबार , बैसाख ७, २०८१

नेपाली राजनिति,

काठमाडौं, १५ पौष ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपालको सीमा नजिकै पुगेका छन् । नेपालको पश्चिमी सीमा नजिकैको भारतको राज्य उत्तराखण्डमा मोदी पुगेका हुन् । उत्तराखण्डको पूर्वतर्फ नेपाल नजिकैको हल्द्वानीमा मोदी पुगेका हुन् ।

हल्द्वानीमा मोदीले सडक र जलविद्युत आयोजनाको शिलान्यास गरे । यी आयोजनाहरु १ खर्ब ७५ करोड भारुमा निर्माण भएका हुन् ।

राजमार्ग देखि जलविदुत आयोजनाको शिलान्यास गर्दैै मोदीले उत्तराखण्डलाई विरोधीले दुई हातले लु टेको आ रोप लगाए ।

२० वर्ष अघि बनेको उत्तराखण्डमा कँग्रेस आईले सरकार जोगाउन राज्यलाई लु ट्ने कार्य गरेको आरोप लगाए । मोदीको पालामा उत्तराखण्डमा ठूला आयोजनाहरु सुरु भएका छन् । यसै महिना मोदीले देहरादुनमा १ खर्ब ८० करोड भारुको आयोजना उद्घाटन गरेका थिए ।

उत्तराखण्ड नेपालसँग सीमा जोडिएको भारतको राज्य हो । मोदी आज पुगेको हल्दानी नेपालको सीमाबाट ९५ किलोमिटर दूरीमा पर्छ । यो खबर रिपोटर्स नेपालबाट साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय