मंगलबार , बैसाख ११, २०८१

नेपाली राजनिती,

पछिल्लो समय एमालेमा प्रबेश गर्नेको लहर नै चलेको छ । अन्य दलहरु परित्याग गरि एमाले रोज्नेहरु दिनप्रतिदिन बढिरहेका छन् ।

आज पनि एमालेमा प्रभावशाली नेता कार्यकर्ताले इन्ट्री मारेका छन् । आज एमाले पार्टी रोज्नेमा युवा उमेर देखि पाका उमेरसम्मका नेता कार्यकर्ताहरु छन् ।

मकवानपुरको बकैया गाउपालिकाको एउटा सिङ्गो गाउँ नै नेपाली काङ्ग्रेस,माओवादी र राप्रपा परित्याग गरि एमाले प्रवेश गरेको छ।एक कार्यक्रमका गरेर नेकपा एमालेका केन्द्रिय सदस्य तथा उक्त क्षेत्रका सांसद कृष्ण प्रसाद दहालले एमालेमा स्वागत गरेका छन।

बकैया ११ नम्बर वडाको पिपलडाडा गाउँ नै एमालेमा प्रवेश गरेको छ। .लोकमान गोले र दर्ज बहादुर गोलेको नेतृत्वमा पुरै गाउँ एमाले प्रवेश गरेको हो।हिजोको दिनमा जतासुकै लागे पनि एमाले नै देश बिकासको निम्ति र जनताको कामको निम्ति असल पार्टी भएको नवप्रबेशी लोकमान गोलेले बताएका थिए।

एक कार्यक्रमका बिच संघिय सांसद तथाअर्थ समितिका सभापति कृष्ण दहालले सबैलाई स्वागत गर्दै राजनीति सेवा भएको तथा राजनितिकर्मी जनताको सेवक भएकाले राजनीति गरेर जनताको ठगी गर्छु भन्ने हरुलाइ जनताले चिन्दै गएको र एमाले प्रति जनताको आकर्षक देशभर बढेको बताएका थिए।

पार्टी प्रवेश कार्यक्रममा नेपाल खेलकुद महासङका केन्द्रिय सचीव दिपक न्यौपाने,एमाले जिल्ला सदस्यहरु दल बहादुर बाइबा,बेल प्रसाद दहाल,राजन दङ्गाल,शिबराम ढकाल तथा गाउँ कमिटी पार्टी अध्यक्ष गोपाल दहाल,सहसचिव जगत स्याङ्तान,सदस्यहरु मिलन घिमिरे,गोकुल ढकाल र बकैया काठमाडौ सम्पर्क मञ्च अध्यक्ष सङ्गम महर्जन लगायतको उपस्थित थियो। साभार खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय