बिहिबार , साउन २६, २०७९

नेपाली राजनिती,

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

नेकपा एमाले विभाजन गराएर नेकपा एसको अध्यक्ष बनेका माधव कुमार नेपाल आफ्ना भाषणहरुमा ओलीले अपमान गरे पछि बस्नै नसकेर एमालेबाट निस्कीएको भन्ने गर्दछन् ।

सम्मान र अपमान भन्ने शब्द प्राय उनका भाषणहरुमा कहिल्यै पनि छुट्दैन ।

एमालेका नेताहरुले बेलाबेलामा पुराना किस्साहरु सुनाउँने गर्दछन् माधव कुमार नेपाल ठूलो नेता भए पनि दिल सानो भएको मान्छे हो भनेर । एमालेवृतमा चर्चानै चल्छ आफु सँग सँगै हिड्दा अरुलाई एउटा खादा या माला बढि लगाइदियो भने उनलाई झोक चलिहाल्छरे ।

सोफा अगाडीकी पछाडी , सानो की ठूलो भन्ने बिषयमा माधव नेपालले गरेको किचकिच त सबैलाई जगजाहेरनै छ ।अपामान भयो भनेर निकै लेग्रो तानेर बोल्ने माधव नेपालको शैली त अब राजनिती नबुझ्ने मान्छेले पनि बुझ्ने भैसकेका छन् । समयसँग उनका नयाँ नयाँ पोलहरु पनी खुल्दै जान थालेका छन् ।

माधव कुमार नेपाल स्वयं कुन मनोग्रन्थीका मान्छे हुन् भन्ने रोचक खुलासा भएको छ । एमालेवृतमा नेपाललाई फरकारिलो मन नभएको नेताको रुपमा कपिपयले आलोचना गर्ने गरेका थिए । सो आरोपलाई पुष्टि हुने खालको तथ्य ओटीभी नेपाल डटकमले फेला पारेको छन् ।

एमालेले मार्गदर्शक सिद्धान्त मान्ने जनताको बहुदलिय जनवादका प्रणेता मदन भण्डारीको समेत माधव नेपालले इष्र्या गर्ने गरेको रहस्य खुलेको छ। बहुदल स्थापना पछि काठमाडौँमा एमालेले विशालसभा गरेका थियो जसमा माधव नेपाल , मदन भणडारी लगायतले सम्बोधन गरेका थिए त्यस बेलाको रोचक तथ्य अहिले खुलेको छ ।

विशाल सभालाई सम्बोधन गर्दा जनमानसबाट मदन भण्डारीको भाषणममा ठूलो हुटिङ र तालिको बर्षा भएको थियो तर माधव नेपालले बोल्दा ताली नबजे पछि माधव नेपाल बसेको कुर्सी बाट पटक पटक बस्दै उठ्दै गरेको त्यसबेलाका एक प्रत्यक्षदर्शीले ओटीभी नेपालाई बताए ।

माधव नेपालको यस्तो अस्वाभाविक गतिविधी देखे पछि नेताहरु केशव बडाल , कृष्णगोपाल श्रेष्ठ र हालका जसपाका नेता त्यसबेलाका एमाले नेता राजेन्द्र श्रेष्ठले माधव नेपाललाई के भयो किन यस्तो गरेकरु भनेर कुनामा गएर सोध्दा नेपालले म बोल्दा कसैले तालि बजाउँने मदन भण्डारी बोल्दा सबैले ताली बजाउँने रु भन्दै बम्कीएको तीन मध्येका एक नेताले ओटीभी नेपाललाई बताए ।

माधव नेपालले त्यस्तो बताएका पछि उनीहरुले आज माधव कमरेडलाई के भएको होलारु भनेर त्यहिँनै कानेखुशि गरेको ती नेताले ओटीभी नेपालसँग ती दिन सम्झँदै बताए । नेपाल सँग भँगेरे छात्ती भएको टिप्पणी ती नेताले गरेका छन् । ओटीभी नेपाल बाट साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय