बिहिबार , बैसाख ६, २०८१

नेपाली राजनिती,

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीबीच केही दिनअघि भेटवार्ता भयो ।

कुटिल चाल चल्न सिपालु चिनियाँ सुन्दरी कुटनीतिज्ञ यान्छी सुरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ओली भेट्न पुगेकी थिइन् ।

चीनप्रति उदार अझ भन्ने हो भने केही हदसम्म बफादार मानिने प्रचण्ड चीनको प्रस्ताव टार्नै सक्दैनन् । चीनले पनि प्रचण्ड अनुकूल नै हस्तक्षेप गर्दै आएको छ । जुन तत्कालीन बहालवाला प्रधानमन्त्री ओलीलाई प्रचण्डका लागि कुर्सी छोड्नुस् भन्ने चिनियाँ सुझावबाटै प्रष्ट हुन्छ । जसलाई ओलीले ठाडै अस्वीकार गरेका थिए ।

फेरि एकपटक प्रचण्डको पक्षमा कुटिल चाल चल्दै प्रचण्डलाई राजनीतिमा केन्द्रमा ल्याउन चीनले एमालेसँग एकताको प्रस्ताव गरेको छ । चिनियाँ सुन्दरीले ओलीको निवास बालकोटमा गएर माओवादीसँग एकता गर्न प्रस्ताव गरेकी हुन् ।

देश निर्वाचनको दिशामा अघि बढ्दा राजदूत यान्छीले एकता भएर ठूलो पार्टी बनोस् र प्रचण्ड अध्यक्ष बनुन्, शक्तिशाली बन्नु उद्देश्यले यस्तो प्रस्ताव गरेका हुन् । तर नेपाली राजनीतिमा हिम्मतिला, एक्लै भिड्न सक्ने ताकत राख्ने चलाख ओलीले चिनियाँ राजदूतको चाल नबुझ्ने कुरै भएन । उनले प्रस्ताव अस्वीकार मात्र गरेनन् चीन प्रचण्डको भरिया बन्ने भन्दै सुन्दरीलाई हप्काएर पठाए ।

पछिल्लो समय एमाले र माओवादी केन्द्रबीच एकताका लागि चिनियाँ पक्ष सक्रिय भएका बेला ओलीले निराश बनाएर पठाइदिए । उसो त हिजो मात्रै माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटनसत्रमै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग एकता गरेर गल्ती नगरेको भन्दै त्यसको समीक्षा गर्न आवश्यक रहेको टिप्पणी गरेका छन् ।

यसबाट प्रचण्डको एमालेसँग एकता गर्ने र ठूलो पार्टीको अध्यक्ष बन्ने चाहना अझै मरेको छैन भन्ने स्पष्ट हुन्छ । साथै चिनियाँ सक्रियताले फेरि ओलीलाई माओवादीसँग एकता गर्न प्रस्ताव राखेको कुरा स्पष्ट नै देखिएको छ ।

तर, यसपटक एमाले अध्यक्ष ओलीले कुनै पनि हालतमा एकतामा नजाने भन्दै चिनियाँ राजदूत यान्छिलाई ठाडो जवाफ दिएका छन् । ओलीले यसअघि पनि तपाईहरुकै विश्वास गरेर माओवादीसँग एकता गरेको तर पछि आएर आफूलाई धोका दिएको कुरा निकाल्दै ठाडो जवाफ दिएको ओलीनिकट नेताहरुले बताएका छन् । ‘एकतापछि मलाई नै धोका दिने ? एक पद छोड भन्ने, मलाई प्रधानमन्त्रीबाट हटाउन खोज्ने ? फेरि अहिले आएर अर्को षडयन्त्र रच्न खोज्ने ? यो कुरा मान्य हुँदैन,’ ओलीको जवाफी भनाइ उद्धृत गर्दै एक नेताले भने ।

यसअघि आफूविरुद्ध, माधव नेपाल, प्रचण्डहरु उभिदा आफूलाई नै एक पद छोड्न दबाब दिएको आक्रोश पनि सुन्दरी राजदूतसँग ओलीले पोखेका थिए । ओलीले अब, कुनै हालतमा पनि एकतामा नजाने र आफ्नो पार्टी नै प्रमुख पार्टी बनाएर अघि बढ्ने अडान राखेको नेताहरु बताउँछन् । यो खबर नेपाल पाना डटकम मा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय