बिहिबार , बैसाख १३, २०८१

नेपाली राजनिती,

काठमाडौं।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख राजनीतिक दलहरुकाबीच सहमति र राष्ट्रको हित अनुकूल हुने गरी एमसिसीलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।

पार्टीको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) द्वारा आज परासीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने,“ पार्टीले समय आएपछि एमसिसीका विषयमा निर्णय लिन्छ ।

यस विषयमा सहमतिकै आधारमा अघि बढाउनुपर्छ।” अध्यक्ष यादवले राज्य पुनःसंरचना आयोगले सिफारिस गरे अनुसारको प्रदेश बनाउनुपर्ने र स्थानीय तहको संरचना पनि परितर्वन गर्नुपर्नेमा जोड दिएका थिए । यता,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पुनः एकताको पर्खाइमा रहेको विश्लेषण हुन थालेको छ ।

यसअघि पनि सबैलाई आश्चर्यमा पार्दै पार्टी एकता गरेका उनीहरु फेरि कार्यगत एकता वा अरु कुनै नाममा एकै स्थानमा रहन चाहन्छन् भन्ने विश्लेषण सुरु भएको छ ।

नजिकिँदै प्रचण्ड आइतबार बिहान प्रचण्डले ओलीलाई फोन गरेर माओवादीको ८औँ राष्ट्रिय महाधिवेशनको अतिथि बनेर आइदिन अनुरोध गरे । ओलीले आफु काठमाडौँ बाहिर रहेकाले महासचिव शंकर पोखरेललाई पठाउने जवाफ दिए । एमालेको प्रतिनिधित्व गर्दै महासचिव पोखरेल माओवादीको महाधिवेशनको उद्घाटन समारोहमा उपस्थित भए ।

त्यस दिन बिहान ओली–प्रचण्ड बीचको फोन वार्ता हार्दिकतापूर्ण रुपमा सकिएको स्रोत बताउँछ । तत्कालिन नेकपा विभाजनपछि ओली र प्रचण्डबीच भएको यो तेस्रो फोन संवाद थियो ।उद्घाटन सत्रमा मन्तव्य राख्ने क्रममा पनि प्रचण्डले ओलीको कुनै आलो’चना गरेनन् । बरु कम्युनिष्ट शक्तिहरुबीच एकताको घुमाउरो कुरा गरे ।

मंसिर २४ गते नेपाली काँग्रेसको १४औँ महाधिवेशनको खुला सत्रमा पनि यी २ नेताबीच मञ्चमा बसिसकेपछि ‘साइड टक’ भएको थियो । शेरबहादुर देउवाको दायाँ र बायाँ तर्फ बसेका यी २ नेताहरुले त्यतिबेला हाँसो मजाक गरेको चर्चा थियो ।

महाधिवेशनको उद्घा’टन हुने अघिल्लो दिन शनिबार सम्पादकहरु सँगको अन्तरक्रियामा पनि प्रचण्डले आफू र माधव नेपाल पहिल्यैदेखि एकताको पक्षमा रहेको बताए ।

उनले ढिलोचाँडो कम्युनिष्ट पार्टीहरु बीच एकि’करण भएरै छोड्ने बताए । उनको भनाईको आशय ओली नेतृत्वको एमालेलाई छोडेर एकता सम्भव छैन भन्ने नै देखिन्थ्यो । त्यसकारण राजनीतिक वृत्तमा मात्रै नभई विश्लेषकहरुले पनि ओली–प्रचण्ड मिलनको सम्भावनालाई एकदम नजिक देखिरहेका छन् ।

चिनियाँ शक्तिको दौडधूप विश्वका विभिन्न देशमा भएका कम्युनिष्ट आन्दोलनमध्ये सबैभन्दा सफल र विशिष्ट किसिमको आन्दोलन चिनियाँ कम्युनिष्ट पार्टीको हो । त्यसैले चीन नेपालमा कम्युनिष्टहरुबीच एकता होस् भन्ने चाहन्छ ।

यसअघि एमाले र माओवादीको एकता भएर बनेको तत्कालिन नेकपा पनि चीनकै कम्युनिष्ट नेताहरुको दौडधूपले सम्भव भएको थियो भन्ने कोणबाट पनि व्याख्या हुँदै आएको छ ।

फेरि एकपटक एमाले र माओवादी बीच एकता गराउने कसरतमा चिनियाँ शक्ति लागेको देखिन्छ । चिनियाँ राजदूत होउ यान्छीको पछिल्लो दौडधूपले पनि त्यो देखाएको छ ।

राजदूत यान्छीले केही दिनअघि मात्रै एमाले अध्यक्ष ओलीसँग भेट गरेकी थिइन् । भेटमा मूलतः एमसीसी र एमाले माओवादी फेरि एक हुनुपर्ने भन्ने सम्मका विषयमा चिनियाँ राजदूतले चासो देखाएकी थिइन् । जवाफमा ओलीले पनि आफु एकताकै पक्षमा रहेको बताएका थिए । तर, आफ्नै पार्टीको सरकार ढाल्ने प्रचण्डहरु र माधब नेपालहरुको भूमीकाप्रति पनि ओली सन्तुष्ट हुने कुरा भएन ।

यस्तै खालको प्रचण्डसँग पनि राजदूत यान्छीले गरेकी थिइन् । प्रचण्ड सँगको भेटमा पनि उनले कम्युनिष्टहरु एक भएरै अघि बढ्नुपर्ने र त्यसको सम्भावनाका विषयमा केन्द्रित रहेर जिज्ञासा राखेकी थिइन् । यसपछि प्रचण्ड निकै हौसिएका छन्। यो खबर पाथीभरा डेलीमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय