नेपाली राजनिती,

काठमाडौं।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले एमाले देशमा भएको भ्रष्टाचारविरुद्ध अभियान चलाउने पार्टी भएको बताएका छन्।

एमाले पर्साले आयोजना गरेको सभामा ओलीले एमाले विकास निर्माणको काम गर्ने र भ्रष्टा’चारविरु’द्ध आवाज उठाउने पार्टी भएको दाबी गरेका हुन्। उनी भन्छन्, ‘एमाले भ्रष्टाचार नगर्ने, भ्रष्टा’चार बि’रोधी पार्टी हो, हाम्रो पार्टिमा कोहि पनि भ्रस्टाचा’री छैनन्।’

एमालेले जति विकास कसैले गर्न नसकेको र विकास देख्न नसक्नेहरूले परामादेशको सरकार चलाएको ओलीको जिकिर छ।

ओलीले वर्तमान सरकार जनताले चाहेको सरकार नभएको समेत बताए। ‘माओवादी केन्द्रलाई आफूले साथ दिएकै कारण अहिलेको शक्ति बनेको पनि उनको भनाइ छ।

पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले ओलीलाई कार्यक्रममा एक सय ५१ किलोको मालाले स्वागत गरेका थिए। कार्यक्रममा मियाँसहितका नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका थिए। यो पनि पनि कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा एमाले प्रवेशकाे लहर व्यापक रुपमा चलिरहेकाे बताउनुभएकाे छ ।

नेकपा एमाले दमक नगर कमिटीले साेमबार दकममा आयाेजना गरेकाे विशाल पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले एमालेकाे विचार र व्यवहार देखेर एमालेमा प्रवेश गर्नेकाे लहर बढेकाे बताउनुभयाे ।

देश र जनताका समस्या समाधान गर्ने पार्टी नेकपा एमाले मात्र भएकाे भन्दै अध्यक्ष ओलीले याे कुरा सबै नेपाली जनताले बुझेका बताउनुभयाे ।

उहाँले भन्नुभयाे – ‘हिजाे विभिन्न ढंगले यत्रतत्र लाग्नुभएका साथीहरु फेरि पार्टीमा आउनुभएकाे छ, एमालेकाे विचार र व्यवहार हेरेर विभिन्न पार्टीका साथीहरु पनि एमालेमा आउनुभएकाे छ, एमाले देश र जनताकाे पार्टीकाे हाे,

देश र जनताका समस्या समाधान गर्छ भन्ने देखेर र बुझेर नै एमालेमा फर्कने र प्रवेश गर्नेकाे लहर लागेकाे छ, ठिक पार्टी छानेर तपाईंहरु एमालेमा प्रवेश गर्नुभएकाे छ, सबैलाई म हार्दिक स्वागत गर्छु,तपाईंहरुले ठिक पार्टी छान्नुभएकाे छ ।’

यसअघि हिजाे मात्र झापामै र केही दिन अगाडि पर्सा र कपिलवस्तुमा हजाराैंकाे संख्यामा विभिन्न दलका नेता-कार्यकर्ता एमाले प्रवेश गरेका उहाँले बताउनुभयाे ।

विभिन्न पार्टीमा विभिन्न गलत प्रवृत्ति रहेका भन्दै उहाँले ती गलत प्रवृत्ति एमालेमा भित्र्याउन नदिन सबैलाई सचेत गराउनुभयाे । राम्रा विचार भए अरु पार्टीका पनि ग्रहण गर्न सकिने उहाँकाे भनाइ छ ।

देश,जनता, राष्ट्रियता,विकास र समृद्धिकाे पक्षमा काम गर्ने पार्टी एमाले भएकाे बताउँदै अध्यक्ष ओलीले भन्नुभयाे – ‘विभिन्न पार्टीमा विभिन्न प्रकारका गलत प्रवृत्ति छन्,ती प्रवृत्ति हाम्राे पार्टीभित्र भित्र्याउनुहुँदैन, राम्रा उज्याला,सकारात्मक,देशभक्तिपूर्ण,जनपक्षीय विकासमुखि,स्वच्छ र नैतिक आचरणयुक्त प्रवृत्तिलाई अगाडि बढाउनुपर्छ,जुनसुकै पार्टीका कहिँकतै राम्रा विचार १-२ पनि छन् भने लिनुपर्छ,तर गलत व्यवहार लिनुहुँदैन ।’

एमालेलाई देशप्रति समर्पित, जनताप्रति समर्पित, विकासका उद्देश्यमा समर्पित र समृद्ध नेपाल सुखी नेपालीकाे निर्माण गर्ने महान् गन्तव्यमा पुग्नेगरी अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयाे ।

अध्यक्ष ओलीले देशबाट गरिबी हटाउन सकिने पनि बताउनुभयाे । देशभर नै कसैलाई गरिब बनाउन नदिने अभियान स्वरुप नेकपा एमालेले काम गरेकाे उहाँले बताउनुभयाे । साढे ३ वर्षकाे अवधिमा आफू नेतृत्वकाे सरकारले अभूतपूर्व काम गरेकाे उहाँले बताउनुभयाे । सडक-पुल, बनाउने भूकम्पले ढलेका संरचना उठाउने लगायत कैयाैं काम एमालेले गरेकाे अध्यक्ष ओलीले बताउनुभयाे । एमालेले सरकारमा छँदा सडक बालबालिकालाई व्यवस्थित गरेर आश्रममा राखेकाे उहाँले सुनाउनुभयाे ।

एमालेले गरेका काम नेपाली जनताले देखेका भन्दै उहाँले एमालेले सरकारले केही गरेन भन्ने २-४ जना मात्र रहेका स्मरण गर्नुभयाे । तीमध्ये पनि माधव नेपालले एमालेले केही गरेन भनेर क्यान क्यान गर्ने गरेकाे उहाँले सुनाउनुभयाे । चस्मा लगाएपनि माधवले एमालेले गरेकाे विकास देखेकाे बताउँदै उहाँले भन्नुभयाे – ‘चस्मा त लगाउँछन्,किन देख्दैनन् विकास ?’

पानीजहाज चलाउन सक्छाैं भनेर एमालेले जागरण ल्याएकाे पनि अध्यक्ष ओलीले बताउनुभयाे । एमालेले विकासकाे लहर ल्याएकाे देखेर सरकार ढालिएकाे उहाँले बताउनुभयाे ।

आफू नेतृत्वकाे सरकारले शिलान्यास गरेका १४ सय बाटाे बनाउने याेजना अहिलेकाे सरकारले रद्ध गरेकाे उहाँकाे गुनासाे छ ।एमाले सरकारमा हुँदा विकास निर्माणका लागि पर्याप्त बजेट हुने गरेकाे भन्दै उहाँले अहिलेकाे सरकार पैसा छैन भनेर कामबाट पन्छिएकाे बताउनुभयाे । विकासप्रेमी सरकार ढालेर निकम्मा सरकार बनाइएकाे भन्दै उहाँले अहिलेकाे निकम्मा सरकारले केही गर्नै नसक्ने बताउनुभयाे । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय