बुधबार , बैसाख १२, २०८१

नेपाली राजनिती,

काठमाडौं, १३ पुष ।

नेकपा (एमाले) का पूर्व उपाध्यक्ष डा. भीमबहादुर रावलले आफू देश र जनताको लागि भूमिकाविहीन नभएको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफू अहिलेपनि एमालेकै सदस्य रहेको सुनाए । त्यसबाहेक आफूले अहिले कुनै निर्णय नलिएको स्पष्ट पारे । पत्रकार धमलाले तपाईँ एमालेमा साधारण सदस्यमात्रै भएर बस्न सक्नुहुन्छ त ? भनेर सोधेको प्रश्नमा रावलले भने–‘मैले सदस्य मात्रै कहाँ बसकेको छु ? एमसीसीको बारेमा बोलिरहेको छु नि ।’

उनले पद नहुँदा केही फरक नपर्ने व्यक्ति आफू भएको पनि सुनाए । उनले आफूसँग सल्लाह नै नगरी पार्टीमा सल्लाहकार समितिमा राखिएकोप्रति आपत्ति जनाए । उनले आफू टिके प्रथाको विरोधी नेता भएको पनि सुनाए । हेर्नुस यो भिडियो,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय