बिहिबार , चैत्र १५, २०८०

नेपाली राजनिती,

काठमाडौं, १३ पुष ।

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका ,

अध्यक्ष पुष्पकमल दाहालले हिजो महाधि वेशनको बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमा पूरानै एकदलीय व्यवस्थाको धंगधंगी बोकेको काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको रहेको टिप्पणी गरेका छन् ।

भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् । उनले यो प्रतिवेदनले माओवादीका अबोध कार्यकर्ताहरु केही वर्ष अरु झुक्किने पनि बताएका छन् ।

उनले लेखेका छन्-‘माओवादी केन्द्रको महाधिवेसनमा प्रस्तुत दस्तावेज सर्सर्ती पढ्दा पुरानै एकदलीय व्यवस्थाको धंगधंगी बोकेको काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको जस्तो लाग्यो।फेरि एकपटक असली बाजेको पेडा बेच्ने होडबाजी चल्नेभो!अबोध कार्यकर्ता केही बर्ष अरू झुक्किने भए!शुभकामना!’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय