बिहिबार , साउन २६, २०७९

नेपाली राजनिती,

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

कर्तव्य ज्या’न मु’द्दामा डिल्लीबजार का’रागारमा रहेका निलम्बित सांसद रेशमलाल चौधरीले नयाँ दल दर्ताको तयारी गरेका छन् ।

थरूह’ट क्षेत्रलाई आधारभूमि बनाएर चौधरीले पुस १८ गते दल दर्ता गर्ने तयारी गरेका हुन् ।

कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको नरसंहारमा मुख्य आरोपी बनाइएका रेशमलाल चौधरीले मधेसवादी दल परि’ग गर्दै आफ्नै नेतृत्वमा नयाँ पार्टी दर्ता गर्न लागेका हुन् ।

चौधरीका निकटस्थ स्रोतका अनुसार उनले मधेसी दल परि’त्याग गर्दै आफ्नै नेतृत्वमा नयाँ पार्टी दर्ता गर्न लागेका हुन् । रातोपाटीलाई प्राप्त कागजात अनुसार चौधरीले २०१ जनाको केन्द्रीय सदस्य रहने गरी नागरिक प्रजातान्त्रिक समाजवादी पार्टी दर्ता गर्न लागेका हुन् । नयाँ पार्टीको चुनाव चिन्ह ढकिया राख्न लागिएको छ ।

त्यसैगरी पार्टीको आधारभूमिका रुपमा थरूहट क्षेत्र रहने उल्लेख छ । यद्यपि यो पार्टी राष्ट्रिय सोचका साथ राष्ट्रिय पार्टीका रुपमा खोलिन लागेको दस्तावेजमा उल्लेख छ । पार्टीमा सक्रिय राजनीतिको उमेर हद ६५ वर्ष कायम गर्ने प्रस्ताव गरिएको छ र २७ जनाको पदाधिकारी समाज रहने उल्लेख छ । पार्टीमा एकजना अध्यक्ष, ७ जना उपाध्यक्ष, तीनजना वरिष्ठ नेता, एक महासचिव, ७ जना सचिव, एक कोषाध्यक्ष र सातजना सह कोषाध्यक्ष रहने उल्लेख गरिएको छ ।
त्यस्तै पार्टीको विधानमा व्यवस्था गर्नेगरी केन्द्रीय सदस्य पदमा मुक्त क’म्लरीबाट एक, हलिया, हरुवा–चरुवाबाट एक, वादी महिलाबाट एक, पिछडावर्गबाट ३ र सिमान्तकृत समुदायबाट ९ जना केन्द्रीय सदस्य अनिवार्य गर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी नयाँ पार्टीको शासकीय स्वरुपमा संघीयता, धर्म निरपेक्षता, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरिने उल्लेख गरिएको छ । त्यसैगरी दलित जनजाति, थारु, मुस्लिम महिलाका लागि अनिवार्य आरक्षित सिटको व्यवस्था गरिने उल्लेख छ ।

त्यस्तै चेपाङ, राउटे, कुसुन्डा, सत्याल, माझी आदिका लागि निर्वाचन नै नहुने गरी अनिवार्य संरक्षित सिटको व्यवस्था गर्ने उल्लेख गरिएको छ । त्यसैगरी मन्त्रालयमा मन्त्री बनाउने वा बन्ने व्यक्ति सम्बन्धित विषयमा विज्ञता हासिल गरेका व्यक्तिहरु नै हुनुपर्ने उल्लेख छ ।

कृषि, शिक्षा, स्वास्थ्य, वातावरण, अर्थजस्ता मन्त्रालयमा विज्ञता हासिल गरेका सचिव र मन्त्रीहरु नियुक्त हुने व्यवस्था हुनुपर्ने उल्लेख छ । दल दर्ताका क्रममा सातवटै प्रदेशबाट जनजाति, दलित, मुस्लिम, महिला आदि सबैलाई समेटेर संविधान अनुसारकै व्यवस्था गर्ने पनि उल्लेख छ ।

मधेसवादी दल स्वार्थमै केन्द्रीत

तत्कालीन राजपाबाट कैलाली क्षेत्र नम्बर १ बाट सांसद पदमा विजयी भएका रेशमलाल चौधरीले ३४ हजार ३ सय ४१ मत प्राप्त गरी विजयी भएका थिए । कैलालीबाट राजपाले समानुपातिक तर्फ ५८ हजारभन्दा बढी मत प्राप्त गरेको थियो । चौधरीकै दावीलाई मान्ने हो भने थारु समुदाय र रेशमलाल चौधरी तर्फका उम्मेदवारबाट राजपालाई एक लाख ५० हजारभन्दा बढी मत समानुपातिकतर्फ प्राप्त भएको थियो ।

तर थारु समुदाय र चौधरी पक्षधरबाट पाएको मतकै आधारमा राष्ट्रिय पार्टी बनेको राजपाले थारु समुदाय र चौधरीको पक्षमा केही नगरेको भन्दै चौधरीले नयाँ पार्टी दर्ता गर्न लागेको उनी निकट स्रोतले बताएको छ ।

मधेसवादी दलले थारु समुदायलाई भोट बैंकका रुपमा मात्रै लिएको र चौधरीलाई देखाएर सत्ताको बार्गेनिङ मात्रै गरेको चौधरीले आरोप लगाउने गरेका छन् । चौधरी स्रोतले रातोपाटीलाई भन्यो, ‘हामीले मधेसवादी दललाई भनेको कुरा के हो भने सडक, सदन र सरकारसँग रेशम चौधरीको मुद्दालाई उठाइदिनुप¥यो भन्ने थियो ।

तर उहाँकै दल र अन्य मधेशवादी दलले चौधरीलाई नै देखाएर सत्ताको बार्गेनिङ गर्ने काम मात्रै गरिरहे । उनीहरुले २ नम्बर प्रदेशलाई मात्रै आफ्नो थलो देखे । त्यसपछि हामी बाध्य भएर नयाँ दल दर्ता गर्नुपर्ने अवस्थामा आइपुग्यौँ ।’

आफू अध्यक्ष हुन नपाए श्रीमती बन्ने

कर्तव्य ज्यान मुद्दामा जिल्ला र उच्च अदालतबाट दो’षी ठ’हर भएका रेशमलाल चौधरी यतिबेला का’रागार कार्यालय डिल्लीबजारमा बन्दी जीवन बिताइरहेका छन् । यद्यपि उनको मु’द्दा यतिबेला सर्वोच्च अ’दालतमा वि’चाराधीन अवस्थामै रहेको छ र अन्तिम अदालतबाट फैसला भइनसकेको अवस्थामा उनकै अध्यक्षतामा दल दर्ता गर्न पाउने कि नपाउने भन्ने अन्यो’ल नै छ ।

यदि दल दर्तासम्बन्धी ऐनले आफूलाई अध्यक्ष बन्नबाट रोक लगाएमा आफ्नी श्रीमतीलाई दलको अध्यक्ष बनाउने गरी तयारी भइरहेको उनीनिकट स्रोतले बताएको छ । चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ अब राजनीतिमा आउने क्रममा रहेको स्रोतले बताएको छ । चौधरीले अत्यधिक बहुमतका साथ चुनाव जितेको कारण चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठले पनि थारु समुदाय र टीकापुर क्षेत्रबाट निर्वाचनमा गएमा जित्ने दावी गरिएको छ ।

त्यसैकारण पनि चौधरी अध्यक्ष हुन नपाए श्रीमती रञ्जितालाई अध्यक्ष बनाउने र चुनावमा उठाउने तयारी भइरहेको छ । चौधरीनिकट स्रोतका अनुसार पुस १८ गते थारु, वादी, जनजाति आदि समु’दायको भेषभूषा, बाजा र झाँकीसहित निर्वाचन आयोग गएर दल दर्ता गर्ने तयारी भइरहेको छ । यो खबर रातोपाटीबाट साभा।र गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय