बिहिबार , बैसाख ६, २०८१

नेपाली राजनिती,

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले चुनावको झल्को दिने गरि देशव्यापी कार्यक्रमहरु गर्न थालेका छन् ।

एमाले अध्यक्ष ओलीले भोट बैँकको रुपमा रहेको मद्येशलाई टोर्गेट गरेर विशाल कार्यक्रमहरु गर्न थाले पछि प्रतिष्पर्धी पार्टीहरुमा ठुलो कम्पन पैदा भएको छ ।

एमाले अध्यक्ष ओलीले सम्बोधन गरेर एक महिनाको विचमा एमालेले मद्येशमा तीन वटा ठूला कार्यक्रमहरु गरिसकेको छ ।

एमालेले नेपालगंज , कपिलवस्तु र पर्सामा वृहत उपस्थिीतीमा कार्यक्रम गरिसकेको छ । कार्यक्रममा हजारौँको उपस्थिती देखिएको छ । ओली प्रतिको क्रेज मद्येशमा पनि नपत्याउँदो किसिमले बढिरहेको एमालेका एक नेताले ओटीभी नेपाल डटकमलाई बताए । तीन वटा ठूला कार्यक्रमहरुमा कम्तीमा दशौँ हजारको संख्यामा एमाले प्रवेश भएको दावी गरिएको छ ।

अघिल्लो चुनावमा जबर्जस्त रुपमा एमाले अध्यक्ष ओलीलाई मद्येश विरोधीको रुपमा चित्रण गरिएको थियो र विरोधीले त्यहि कुरालाई मसला बनाएर अफवाह फैलाएका कारण केहि गारो परे पनि अहिले त्यो अवस्था नरहेको ती नेताले ओटीभी नेपाल सँग बताए । ओली प्रधानमन्त्री भएका बेला गरेका कामको मात्रै प्रचार गर्ने सके मद्येशमा पनि एमाले पहिलो पार्टी बन्न सक्ने उनले विश्लेषण छ ।

नेकपा माओवादी परित्याग गरी नेकपा एमाले प्रवेश गर्ने स्थानीय तहका प्रमुखको संख्या तीन पुग्ने भएको छ ।माओवादीबाट विजयी जगन्नाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएलगत्तै एमाले प्रवेश गर्ने प्रदेश २ मा स्थानीय तहका अध्यक्षको संख्या तीन पुग्न लागेको हो ।

ओलीले सोही गाउँपालिकाका अध्यक्ष मियाँलाई पार्टी प्रवेश गराउन आज पर्सामा आयोजित आमसभालाई सम्बोधन गर्न जाँदैछन् । अध्यक्ष ओलीसँग उपाध्यक्ष विष्णुप्रसाद पौडेल पनि पर्सा पुग्दैछन ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टीलाई सर्वोच्च अदालतले मान्यता नदिए पछि पुनः एमाले र माओवादी केन्द्रमा विभाजित हुँदा रौतहटका मौलापुर नगरपालिका र कटहरिया नगरपालिकाका प्रमुख (मेयर)ले एमाले रोजेका थिए ।

प्रदेश २ की एक मात्र विजयी महिला मेयर रीना कुमारी साह र कटहरियाका मेयर सियाराम कुश्वाहाले माओवादी परित्याग गरी एमाले रोजिसकेका छन् ।यसैगरी, रौतहट, बारा र पर्सालगायतका जिल्लावाट माओवादीबाहेक अन्य पार्टीवाट बिजयी वडा अध्यक्ष एमालेमा प्रवेश गरिरहेको एमाले स्थायी कमिटी सदस्य प्रभु साहले जानकारी दिए । साभार अोटीभी नेपाल ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय